इलामलाई हराउदै अपराजित पोखरा शिर्ष स्थानमा

काठमाडौं । जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गरेको छ । बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले इलामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।  पोखराको जितमा खेलको ४७औं मिनेटमा सञ्जिव विष्टले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । 

यो जितपछी एनएसएलमा पोखराले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । यो जितपछि पोखराको ४ खेलमा ८ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी इलामको भने यो यस सिजनमा तेस्रो हार हो । ४ खेल खेलको इलमको ३ अंक रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित