एनसेल प्रकरणमा समिति बनाएर अध्ययन गर्ने कुरा नाटक मात्रै : रवि लामिछाने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Ravi-Lamichhane-1024x629-1_II99YbZiQu_nbs5rbe4rvlsfsblk0iacrzc7zdpv4urkjeelv9vtvpyqwx7j6lj0fnwgvk6_rG78eYoMVK_fyzq42viihlnfm4ibicqyxcto7beul14altikc8vpemjyyfajcabkohw3yrq_AxmwDmt9GF_muojfksinnmviu613kwokzgpbxzqt3ivpl0vubwwb0y6hwzd6erdnyucpnm1.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, एनसेल खरिदबिक्री प्रकरणमा समिति बनाएर अध्ययन गर्ने सरकारको भनाईलाई नाटकको संज्ञा दिएका छन्। बुधवार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग एनसेलमा गैरकानूनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताए। तर समिति बनाउने कुरा नाटक भएको प्रतिक्रिया दिए । एनसेल प्रकरणमा कयौँ राजनीतिक दलको संलग्नता आशंका गरेका उनले सत्ता गठबन्धनले, सर्वदलीय बैठक बस्ने नभइ कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्ने बताए।
‘एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता हुनसक्छ। त्यहाँ कयौँ कुरा हुनसक्छ। त्यो एउटा छानबिनको विषय हो। तर अहिले जुन खरिदबिक्री भएको छ, भएको हो की होइन? होइन भने किन बबाल गरेको? हो रहेछ भने सरकारले त्यसबापत प्राप्त गर्नुपर्ने कर रकम पायो की पाएन? पाएको छैन भने त्यो गैरकानूनी हो की होइन। गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने की छल्ने मानिसलाई गएर समात्ने हो? यो बेकारको नाटक हो।’ उनले भने ।
एनसेल खरिदबिक्री प्रकरणबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएको अभिव्यक्ति प्रतिक्रिया दिन समेत लायक नभएको उनको टिप्पणी छ । ‘कर छलि गरिसकेपछि कारबाही हुनुपर्छ, केको लागि यो समिति? वृहत छानबिन शुरुवातदेखि आजसम्मको छानबिन गरौँ। तर तत्काल कारबाही हुुनपर्छ, कर छली भएको हो भने।
अर्थमन्त्रीलाई थाहा छैन भन्नुभयो, यो भन्दा लाजमर्दो कुरा अरु के हुन्छ।’ उनले भने ‘ अर्थमन्त्रीको अभिव्यक्ति प्रतिक्रिया दिन लायक पनि छैन। सरकारले गर्न खोजेको अलमल, समिति, आयोग मैले बुझेको छैन।’ नयाँ चयन भएका केन्द्रीय सदस्यहरुलाई आज शपथ ग्रहणसमेत गराएको रास्वपाको सचिवालय बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पनि पास गरेको छ।
![राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/naupa_M62kYiKcpz_cyxyems58qevat0thtscq0qkhypiawgqq4vx613bexgasbnrsrz2bp8xyyg6_2ZPn36JyxE_fcxwgxx9nxvvha714ap8pfwgope1ydiftqbevr8sstsoauir6cxsso7qfeqa.jpg)
राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_CdKvWzoHRj_b4qtdl79k6h7pkfnoiuzwuezvk0kkhuxsqtngtq8s93qzd9r05ybjrr0janm.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_TMTxok0eRL_9typs742wpaefqz27uyipnfe9tjs5lw3cn06bmy1imu2kqdvx0cywb7ktvzh.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_miYu8iigX0_giisamjdpqxsbv74xgsfblh7bhjtrgh5q5h9fbbtvknmy6t22e0csmdm54pm.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_xAt1Nu00v8_rsfxtjpspqu0pbfpyuaxvi9p2mmyyj90eij9h6zcv4s0qyfcxpwqontinvyt.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_VgWMd5Dcuq_twmqlhexwiwspqa6xglukryjvfsji2mnj08ajthc28n3gpvrardrotmipcrs.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Bishnu.jpg-2_2uWKYy3L4p_e9zuposx7efsv5kedq5b5k3yrwa8hulaikzu8qlr4c49wwjuy4y2of8whb6x_m6L8d0D23u_bif9wpn37p2nmb1ff5ahscudo5kstbbrxjnxz1bshznsqls8xzvf8fvwordx.jpg)
मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …
![गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_1.jpg_sWFITUP4zs_nlw7mhpmfvcwwzawetswancmvnej9u8f7qfeqa6cnqdbszhphhjx2krabc0j_29igdyvg2T_wrsrnggh7w6nw9l8rrqcdvdnywmdgjuoueqdhnkyn0mtdiiziplx1dvxvk2z.jpg)
प्रतिक्रिया