श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

उदयपुर  /  त्रियुगा नगरपालिका–५ दमौटी गाउँकी एक महिला श्रीमानको हत्या गरेको आरोपमा पक्राउ परेकी छन् । 


६० वर्षीय श्रीमान श्याम राईको हत्या गरेको आरोपमा ४० वर्षीया निरकुमारी राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनले श्रीमानको हत्या गरेर शवलाई नजिकैको झाडीमा स्याउलाले छोपेर राखेकी थिइन् । तर, स्थानीयले देखेर खबर गरेपछि पुगेको प्रहरीले निरकुमारीलाई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानका क्रममा उनले श्रीमान श्यामको हत्या गरेको स्वीकार गरेकी प्रहरीको भनाइ छ । 
 

प्रतिक्रिया

सम्बन्धित