न्युरोडबाट अवैध ८ किलो सुन बरामद, सुन पसलका सञ्चालक पक्राउ

काठमाडौं / काठमाडौंको न्युरोडस्थित ‘ओमपाल गोल्ड शप’मा छापा मारेर प्रहरीले अवैध ८ किलो सुन बरामद गरेको छ । 

सूचनाका आधारमा मंगलबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर अवैध ७ किलो ८ सय ग्राम सुनसहित ओमपाल गोल्ड शप का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । 

बरामद सुन केही ढिक्कामा र केही गहना रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित