मिचेङ चक्रावतले चेन्नइमा पाँचको मृत्यु, उडानहरू रद्द

नयाँदिल्ली /  चक्रवात मिचोङको प्रकोप देशका दक्षिणी राज्यहरुमा देखिएको छ । चेन्नईमा भारी वर्षा र तेज हावाहुरीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । धावनमार्गमा पानी जमेका कारण विमानस्थलको उडान सञ्चालनमा समेत असर परेको छ भने धेरै उडान रद्द गर्नुपरेको छ । 

तमिलनाडु सरकारले चेन्नई, कांचीपुरम, तिरुवल्लुर र चेंगलपट्टु जिल्लामा सोमबार र मंगलबार सार्वजनिक बिदा दिएको छ। यसले मिचोङलाई ध्यानमा राख्दै निजी कम्पनीका कर्मचारीहरूलाई घरबाट काम गर्न आग्रह गरेको छ। दूध आपूर्ति र स्वास्थ्य सुविधाजस्ता अत्यावश्यक सेवाहरू सञ्चालनमा रहने छन्।

मौसम विभागका अनुसार यो सोमबार गम्भीर चक्रवाती आँधीमा परिणत भएको र मंगलबार बिहान दक्षिणी आन्ध्र प्रदेशको तट पार गर्ने सम्भावना रहेको छ ।

सोमबार मात्रै केन्द्रीय गृहमन्त्री अमित शाहले तमिलनाडु, आन्ध्र प्रदेश र पुडुचेरीका मुख्यमन्त्रीहरूसँग चक्रवात मिचोङबाट उत्पन्न चुनौतीहरूबारे छलफल गरेका छन । उनले अवस्था समाधानका लागि केन्द्र सरकारबाट सहयोग गर्ने आश्वासन दिए ।

प्रतिक्रिया

सम्बन्धित