रोजगारदाता परिवर्तन हुँदा १३ जना केयरगिभर इजरायल जान पाएनन्

काठमाडौँ  /  युद्धकै बिच ११ जना नेपाली केयरगिभर इजरायल उडे । उनीहरूमध्येकै १३ जना भने जान पाएनन् । परराष्ट्र मन्त्रालयले इजरायल र गाजास्थित हमास समूहबिचको युद्धका कारण नेपालीहरूलाई इजरायल जान रोक लगाएको थियो । जसले गर्दा २४ जना नेपाली केयर गिभर अन्तिम चरणमा रोकिएका थिए । इजरायलमा युद्धको अवस्था सहज बन्दै गएको भन्दै परराष्ट्रले जान अनुमति दिएको थियो ।  

अनुमति पाएसँगै उनीहरूलाई इजरायल जाने बाटो खुलेको थियो । त्यही क्रममा ११ जना आज इजरायलतर्फ उडेका हुन् । तर, १३ जना भने रोकिएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालका अनुसार इजरायली रोजगारदाता परिवर्तन हुँदा उनीहरूको उडान तत्कालको लागि रोकिएको हो ।

पहिलो श्रम सम्झौता गएर पठाएका रोजगारदाताहरू अहिले परिवर्तन भएर आएपछि केही समस्या आएको हो । जसले गर्दा उनीहरूको उडान तत्कालको लागि रोकिएको बताए । अब केही समयपछि रोजगारदाताहरूसँगको सहजीकरणमा उनीहरू जान पाउने बताए

 

प्रतिक्रिया

सम्बन्धित