सिंघम अगेनको सुटिङमा अजय देवगन घाइते
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture.JPG-1494%2520(1)_TS5KdFYS3m_fusr6npspqephi5j2uobiuy0qednytgulrezaayjd9wqfupduv46vkcjh9dy_AJyMvGUk2f_evb3achgzuvy0ehrmrld488qyolhxavka2ob3bsphzzdm7ddosfbd62n92me.jpg)
मुम्बइ / अजय देवगन बलिउडका सबैभन्दा प्रतिभाशाली अभिनेता मध्ये एक हुन् । हाल अजय आफ्नो आगामी फिल्म ‘सिंघम अगेन’ को सुटिङमा व्यस्त छन् । हालै फिल्मको पोस्टर सेयर गर्दै अभिनेताले फ्यानलाई फिल्ममा उनको एक्शनले भरिपूर्ण अवतारको झलक दिएका छन् । यी सबैको बीचमा अजय देवगनसँग जोडिएको ठूलो खबर आएको छ । वास्तवमा, यो फिल्मको एक दृश्य शूट गर्दा अभिनेता घाइते भएको बताइएको छ।
मिड डेको रिपोर्टका अनुसार अजय देवगन रोहित शेट्टी र उनको टोलीसँग विलेपार्लेमा सुटिङ गरिरहेका थिए । अजय देवगन एक लडाईको दृश्यको सुटिङ गरिरहेका थिए, जब अनायासै एक प्रहार अभिनेताको अनुहारमा लाग्यो, उनको आँखामा चोट लाग्यो।
रिपोर्टका अनुसार चोट लागेपछि अजय देवगनले केही घन्टा ब्रेक लिए र डाक्टरले उपचार गरे । यस क्रममा रोहितले आफ्नो काम प्रभावित हुन दिएनन् र बाँकी दृश्यको सुटिङ जारी राखे । पछि अजय अलिकति निको भएपछि उनले फेरि सुटिङ गर्न थाले।
रोहित शेट्टीको आगामी फिल्म ‘सिंघम अगेन’ सिंघम फ्रन्चाइजीको तेस्रो किस्ता हो। फिल्ममा अजय देवगन मुख्य भूमिकामा छन् । फिल्ममा अक्षय कुमार, करीना कपूर खान, दीपिका पादुकोण र रणवीर सिंह पनि मुख्य भूमिकामा देखिने छन् ।
यिनीहरू बाहेक शिल्पा शेट्टी डीसीपी अञ्जली शेट्टीको भूमिकामा र टाइगर श्राफ ‘सिंघम अगेन’ मा एसीपी सत्य पाण्डेको भूमिकामा देखिनेछन् । यति मात्र होइन, ‘सिंघम अगेन’ मा सोनू सूद, प्रकाश राज, फरदीन खान, ज्याकी श्राफ, रणवीर सिंह र सिद्धार्थ जाधव पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।
![पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Sarangi.png_uVYld5NSkh_2onznfkshmv26i4zbnvz715un6ooepmwgdu5jqpoe9dzbdus6gr45qvlnznq_V6IyXL5YnA_jtsi1h9kzsyij6r5tbhvojsegoaen6orkcgxsemqx95p2e6gdobpwlqgwkob.png)
पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु
![सिसन बानियाँले खोले फिल्म कम्पनी](https://snowberry.prixacdn.net/media/gallery_folder/sss_umwXz1g2iE_6leqpfvt4vdxcxpfgjvkukarlc4a6yyjmvbcsmvwlkn96r6s78htjvrf9fzj_jtOft1AUi4_pvltyz3oryk16boh8hhj7dpfpewfnaxdmjucl2zefjrhimwldjnyocm75ac6.jpg)
सिसन बानियाँले खोले फिल्म कम्पनी
![‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत](https://snowberry.prixacdn.net/media/gallery_folder/nischal.jpg_iYINuYtSI8_1mhqm489nifkfhibylpztv5cdmxvhdptflydvmmojrnnhuoapnibplzoa0lh_z5ELhlsO3U_zsckwfaxkv2i2tcmk3odobopb9wi0ff3f4x8akdvmif0cfaoqab2zmtdibp4.jpg)
‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत
![नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/452287375_1037368801083518_4810767438107096189_n.jpg_QwsQMJzsgB_hnqi3hccqgckbgbugivyfm8ucrpssphkoltzkip2g6sit7zyvkk7ump6vo8w_wNR33LhrQj_4zzgrdgmxcqpgyrd6hov0oarqyfcnalodutq1g4vakavzzpfzobfnybpbfax.jpg)
नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य
![हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्त्री कार्कीकाे निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/haribansha-achrya_nZdOFKOIai_dgc9gleo5jp2joriurnjdxzslr1rusj0qshdlzzzgauv16zxsvd0dfojk4fx_YPDhLiiPSf_qy5910gs1iprwswxef2kxuzluchtbbclqqvicoa2wrebfka5vkerhcotasdb.jpg)
हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्…
![फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !](https://snowberry.prixacdn.net/media/gallery_folder/Bad-Newz.png_Cvek1p1JcB_cb3wl8jbyxmdrvv3j7gyi7fgbvwzp8fkwasajyyk4p7ix3werjgabequ946y_pXHXT7KVHS_djzp2gky5ewrucxkctia8wcbj0jvafpkypgartvdfli5kpxxncspdryjaemj.png)
फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !
![अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना](https://snowberry.prixacdn.net/media/gallery_folder/janvi_XYZy0JRyOq_geuymxxejzfupai6jqnegxfhfjoi6rkho6kk6criq41jwfrsmlle4egvhgqn_1hLqA52xFQ_srcaqzh1v2n9pws6y0b6bppjr48sov8zp4rbkgikume83ti2doxfssraaa34.jpg)
अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना
![‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम’ बनाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/laj-saranam_nW1FnqFF9c_bcolk1eobiinhfviuwumb5zvpyayunttavf03t0k6nrkbxthos4bfb3vvgfk_2ematqit2T_kozbbaxqxuavjzh44ndygcmhdzjk15goktkhxeyto8pazqps5qwtbkckaucj.jpg)
प्रतिक्रिया