धनकुटामा प्रतिनिधि सभा सदस्य दीपक खड्का सवार गाडी दुर्घटना

धरान / प्रतिनिधि सभा सदस्य दीपक खड्का सवार गाडी धनकुटामा दुर्घटना भएको छ । दुर्घटनामा  गाडी क्षतिग्रस्त भएपनी  उनी लगायत यात्रु सुरक्षित छन् । सङ्खुवासभाको चैनपुरबाट विराटनगर जाँदै गरेको प्रदेश नं.१.०२.००२च३५४५ नम्बरको स्कर्पियो गाडी धनकुटाको सागुरिगढी गाउँपालिकाको कोलबोटेमा इटहरीबाट धनकुटा आउँदै गरेको प्रदेश नं.२.०३.००१ क१५२१ नम्बरको ट्रिपरसँग ठोकिएको हो ।

दुर्घटनामा टिपरका सहचालक सर्लाहीका २२ वर्षीय देवेन्द्र कुसवाह घाइते भएका छन् । उनलाई उपचारका लागि धरानको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्छान पठाइएको प्रहरीले जनाएको छ । दुर्घटना पछि कोसी राजमार्गको भेडेटार सिम्सुवा खण्ड अवरुद्ध छ । सडक खुलाउन इटहरीबाट क्रेन बोलाइएको धनकुटा प्रहरीले जनाएको छ । राति  दुर्घटना भएर भएर सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाले धरानबाट क्रेन मगाएको थियो ।

तर,उक्त क्रेनले मात्र ट्रिपर हटाउन नसकेपछि अहिले बिहान अर्को क्रेन झिकाएर सडक क्लियर गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक राजुबाबु महर्जनले बताए ।

प्रतिक्रिया

सम्बन्धित