सुनको सिक्री लुटने बाराका एक युवक पक्राउ

काठमाडौं। सुनको सिक्री लुटेर भाग्ने पक्राउ परेका छन् ।काठमाडौ महानगरपालिका–३२ स्थित नाककाट्य मन्दिर नजिक सडकबाट सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा बाराका एक युवा पक्राउ परेका हुन् ।  प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा सिमरा नगरपालिका–१४ घर भएका ठमेल बस्ने २३ वर्षीय रोहन शाह रहेका छन् । उनले बिहीबार राति सुनको सिक्री चोर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

शाहले सोही महानगरपालिका–३२ नाककाट्य मन्दिर नजिक सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग काडाघारीबाट खटिएको प्रहरीले उनलाई लुटी लगेको सिक्रीसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित