बेलायतको स्पेक्ट्रलाइट युकेले किन्यो एनसेलको ८० प्रतिशत शेयर

काठमाडाैं / आजियाटा समूहले बिक्री गरेको एनसेलको ८० प्रतिशत शेयर बेलायतको स्पेक्ट्रलाइट युकेले किनेको छ । स्पेक्ट्रलाइटका संचालक सतिशलाल आचार्य हुन । उक्त कम्पनीले आजियाटाको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट यूकेले खरिद गरेको एनसेलले जनाएको छ । बुधबार व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा समूहले एनसेलबाट बाहिरिने निर्णय गरेको थियो।

एनसेलमा मलेसियन आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत शेयर स्वामित्व थियो। बाँकी २० प्रतिशत सेयर सतिशलाल आचार्यको कम्पनी सुनिभेरा क्यापिटल भेन्चर प्रालिको स्वामित्व छ। आजिआटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको उल्लेख गरेको छ ।

स्पेक्ट्रलाइटको वेवसाइटका अनुसार यो कम्पनी २०२३ सेप्टेम्बरमा मात्रै खुलेको हो । जसमा सतिशलाल आचार्य र डेन्टन्स् सेक्रेटरिज लिमिटेडको संयुक्त लगानी रहेको खुलेको छ । यता आजियाता समुहले बिक्री गरेकाे एनसेलको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट यूकेले खरिद गरेकै दिन आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित

अब टविटरवाटै कल गर्न मिल्ने सुबिधा, जुकरबर्गको ह्वाटसअपलाइ मस्कले दिए चुनौती

अब टविटरवाटै कल गर्न मिल्ने सुबिधा, जुकरबर्गको ह्वाटसअपलाइ मस्कले दिए चुनौती

मस्कले दायर गरे ओपनएआई बिरूद्द मुद्दा, नाफा कमाउन प्रतिबन्ध लगाउन माग

मस्कले दायर गरे ओपनएआई बिरूद्द मुद्दा, नाफा कमाउन प्रतिबन्ध लगाउन माग

गुगल म्यापको भर पर्दा दुइ सातासम्म जंगलको बास, गुगलले माफी माग्यो

गुगल म्यापको भर पर्दा दुइ सातासम्म जंगलको बास, गुगलले माफी माग्यो

युट्युबका पूर्व सीइओका छोराको मृत्यु, ड्रग्सको ओभरडोजले मृत्यु भएको अनुमान

युट्युबका पूर्व सीइओका छोराको मृत्यु, ड्रग्सको ओभरडोजले मृत्यु भएको अनुमान

संसारमा पहिलो पटक ‘एआई होलोग्राम’सँग हुदैँछ विवाह, राेचक कुरा थाहा पाउनुहाेस्

संसारमा पहिलो पटक ‘एआई होलोग्राम’सँग हुदैँछ विवाह, राेचक कुरा थाहा पाउनुह…

आर्थिक लेनदेन गरेर आतंकबादीहरूलाइ प्रिमियर सेवा दिएको टविटरमाथी आरोप

आर्थिक लेनदेन गरेर आतंकबादीहरूलाइ प्रिमियर सेवा दिएको टविटरमाथी आरोप

प्रतिबन्ध खुलाउन माग गर्दै टिकटकले लेख्यो ५ बुँदे प्रतिबद्धता पत्र  , केछ प्रतिवद्धता पत्रमा ?

प्रतिबन्ध खुलाउन माग गर्दै टिकटकले लेख्यो ५ बुँदे प्रतिबद्धता पत्र , केछ प्रतिव…

प्रतिबन्ध भएपछि पब्जीले बनायो भारतका लागि ‘गरूडा सागा’ नामक नयाँ गेम

प्रतिबन्ध भएपछि पब्जीले बनायो भारतका लागि ‘गरूडा सागा’ नामक नयाँ गेम