हात्तीको आक्रमणबाट मृत्यु भएका मृतकका परिवारलाई एक लाख क्षतिपूर्ति

इटहरी /  जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं. २ का रविन खड्काको परिवारलाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । बुधवार राति हात्तीको आक्रमणबाट मृत्यु भएका २५ वर्षे खड्काको परिवारलाई इटहरी उपमहानगरपालिकाले क्षतिपूर्ति दिने भएको हो ।

इटहरीका मेयर हेम कर्ण पौडेलले बिहीबार बिहान मृतक खड्काको घर पुगेर क्षतिपूर्ति दिने घोषणा गरेका हुन् । इटहरी वडा नं. २ मा जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरी विध्वंस मच्चाएको तीन महिना विति सकेको छ । मेयर पौडेलले तत्काल सुरक्षा निकाय र वन रक्षकसहितको टोली बनाएर बिहीबार राति देखि नै रात्रि गस्ती गरिने जानकारी दिए । सर्वसाधारणको जीउधनको रक्षा रात्रिकालीन गस्ती गर्न लागिएको हो ।

हात्तीको समूहले मङ्गलवार बिहान इटहरी वडा नं. २ कै नैनाकुमारी राईको घर भत्काएर क्षति पु¥याएको थियो । दुई महिनाअघि पनि इटहरी वडा नं. २ कै लक्ष्मी राईको घर हात्तीले भत्काएको थियो । भारतको पश्चिम वंगाल हुँदै झापाबाट चारकोसे जङगल हुँदै चारकोसे जंगलमा आएर बसेका हात्तीले यसरी आतंक मच्चाउने गरेका हुन् ।

इटहरीमा चारवटा छावासहित २८ वटासम्म हात्तीले आंतक मच्चाउने गरेका छन् । नेपालमा कुल दुई सयदेखि ३३० वटासम्म जङ्गली हात्ती रहेका छन् । यीमध्ये चारकोसे जङ्गल क्षेत्र आसपास हिडडुल गर्ने हात्तीको सङ्ख्या सयदेखि १५० सम्म रहेको हात्ती विज्ञ अशोक रामले बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित