वेश्यावृत्तीमा लगाएको अभियोगमा स्पा सेन्टरका सञ्चालक पक्राउ
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
काठमाडौं। रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक संखुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई प्रहरीले पक्राउ गरेको छ । साथै सेन्टरबाट २ नाबालिका र १ युवतीलाई प्रहरीले उद्धार गरेको छ ।
उक्त स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तीमा लगाई यौन शोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको हो । युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा बोलाउने गरेको, मसाजका साथै शारीरिक सम्पर्क राख्न दवाव दिने गरेको र पौडेलले भने अनुसारको काम गर्न नमानेमा शारीरिक तथा मानसिक यातना दिनुको साथै अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाईदिने जस्ता डर त्रासमा पार्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
रातो पुल र एयरपोर्ट नजिकै रहेका पौडेलका २ वटा स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको खुल्न आएको छ । पौडेललाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
![बहादुरसिंह लामाको राजनीतिक यात्रा : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म](https://snowberry.prixacdn.net/media/gallery_folder/bahadur_singh_lama_mEbNf9cGgf_nkriwhocyeyvggxeksxz7vczxxhigbkboyttycumedrblhlnm7gsny4cxvks_u0nt3zCdua_hyg5aessidplc6shubdko4przrgudhtwl7ron18ouw4a8pmkdprngslfgflr.jpg)
बहादुरसिंह लामाको राजनीतिक यात्रा : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म
![पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_0351-1713609692_WC3LhF8CGp_c3s2unfsyl1ht0rnwgndsjc0rmmzpgssmr7plplpfmz468saq8jt5ichvdgg_5rA8BOgV3t_g0n8a0cqos8ofq3xyv4vyyey5qw6ezumbsjj1ugari1wlr1jndig72mxnsno.jpeg)
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
![१४ वर्षीया बालिकाको मृत्यु प्रकरण,प्रधानाध्यापकसहित ३ जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/431145134_812454477578824_6292702254885252129_n_GFoQFn2lPC_3sgrffu6zffhvb1aqombyitmjjdwewy7bxxfyrygxr07k6uixggwqf6k1301_FFoj3adv8K_4mycmhdax2stl2nkstfm5hyteello4rtdtv2g4lyh9zjnx59rgybx4jotxqw.jpg)
१४ वर्षीया बालिकाको मृत्यु प्रकरण,प्रधानाध्यापकसहित ३ जना पक्राउ
![१५ हजार घुस लिएको आरोपमा मालपोतका खरिदार साह दोषि ठहर](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
१५ हजार घुस लिएको आरोपमा मालपोतका खरिदार साह दोषि ठहर
![बोक्सी आरोपमा काकाको हत्या गरी फरार भएका दुईजना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news623430._hxumYD12lX_uyjr5xhcrvvbyvgcon9ntcpw0ga9m994v8efimumqj7rwjqvm6ol8kcgen9h_oYUZzbbQFm_zolu9vjcembhoyxj36zbcaihrfb2ssm8yexpwab9yivniaqjuevslbcooavu.jpg)
बोक्सी आरोपमा काकाको हत्या गरी फरार भएका दुईजना पक्राउ
![दुर्घटनाले उजाड्यो परिवार](https://snowberry.prixacdn.net/media/gallery_folder/ahitlang-accident202_dGPWIkTt2k_nnno3yvhl0btz8kt4jwfxs8bdrqsbhif25eltdmosds5z99x0lj71xnw6lhw_X2o3AD9lvf_mpztjfuuccr12g0sadhlz9nmy1trbjavft4wds29mztotxlw1kdmeid5w00q.jpg)
दुर्घटनाले उजाड्यो परिवार
![चन्द्रागिरिमा कार दुर्घटना हुँदा एकै परिवारका ५ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/chandragiri1690542058_ggKDZAd7qy_spr2kf1eafrvuzhigtxl6grjpny96l2t7gs2yqicdj3cor9euvbzdvbxbtkr_ipHvdOR5gE_qwttwq1n94fhrt2njhgdoqeprbd3w97owcjaysadonyw78km6dbzgemdojua.jpg)
चन्द्रागिरिमा कार दुर्घटना हुँदा एकै परिवारका ५ जनाको मृत्यु
![चन्द्रागिरि कार दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
प्रतिक्रिया