बालकृष्ण खाणले न्याय पाउनुहुन्छ : सभापति देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन् । आज रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए । भैरहवासमेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका कांग्रेस नेता खाणलाई फसाइएको आरोप कार्यकर्ताहरुले लगाएका थिए ।

“बालकृष्ण खाण यहाँको नेता हो, तपाईहरुले चुनेर पठाएको प्रतिनिधि पनि हो त्यसकारण तपाईहरुलाई चिन्ता लाग्नु स्वाभाविक कुरा हो ।” देउवाले भने “तर मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ ।” अदालतमा विचाराधीन रहेको कारण बोल्ने नहुने बताउँदै देउवाले तर पनि आफूलाई उनले न्याय पाउने विश्वास लागेको बताए ।

देउवाले अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने पूर्वाधार नभएको कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताए । “अरुलाई दोष दिएर के गर्ने यहाँ चाहिने कुरा नै छैन, अध्यागमनलगायत कार्यालय छैन”, देउवाले भने, “काठमाडौंमा गएर त्यहाँका सम्बन्धितसँग कुरा गर्ने विश्वास दिलाउन चाहान्छु ।”

कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, दीपक गिरी, अब्दुल रज्जाक, भरतकुमार शाह, देवेन्द्र कँडेल, लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायतले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित

आजको राशिफल ~ वि.सं. २०८० फाल्गुन २० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० फाल्गुन २० गते आइतवार : श्री पाथिभरा देवीकाे कृप…

नाईट क्लवमा काम गर्ने किशोरी सामुहीक बलात्कृत, ट्याक्सी चालक भन्छन् सहमतिमै भएको थियाे

नाईट क्लवमा काम गर्ने किशोरी सामुहीक बलात्कृत, ट्याक्सी चालक भन्छन् सहमतिमै भएक…

शालिन पोखरेल : १० वर्षदेखि बुबा–आमाको ममताबाट टाढिएकी थिइन् : बुबा कान्छी ल्याएर काठमाडौं पसे, पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमै हराइन्

शालिन पोखरेल : १० वर्षदेखि बुबा–आमाको ममताबाट टाढिएकी थिइन् : बुबा कान्छी ल्…

एमाले अध्यक्ष ओलीले भने : शालिनको मृत्यु घटनाले बेचैन बनायो, विश्वसनीय अनुसन्धान होस्

एमाले अध्यक्ष ओलीले भने : शालिनको मृत्यु घटनाले बेचैन बनायो, विश्वसनीय अनुसन्…

पालिकाको कार्यकक्षभित्रै दुई महिला कर्मचारीबीच कुटाकुट : सामाजिक सञ्जालमा भाइरल बन्याे भिडियाे

पालिकाको कार्यकक्षभित्रै दुई महिला कर्मचारीबीच कुटाकुट : सामाजिक सञ्जालमा भाइ…

पार्टी र भ्रातृ संस्थाभित्र अन्यौलता देखिनुमा मुख्य पदाधिकारी जिम्मेवार : नैनसिंह महर

पार्टी र भ्रातृ संस्थाभित्र अन्यौलता देखिनुमा मुख्य पदाधिकारी जिम्मेवार : नैनसि…

संस्कारसहित शिक्षाका आवाश्यक्ता: प्रधानमन्त्री

संस्कारसहित शिक्षाका आवाश्यक्ता: प्रधानमन्त्री

युवा पलायन हुदाँ देश बृद्दाश्रम बन्ने खतरा: उपप्रधानमन्त्री श्रेष्ठ

युवा पलायन हुदाँ देश बृद्दाश्रम बन्ने खतरा: उपप्रधानमन्त्री श्रेष्ठ