बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ

कास्की / पोखरा महानगरपालिका-३२ मजुवाबाट बिल नभएको सुन जस्तो देखिने करिब ४ तोला बराबरको पहेँलो धातुसहित तनहुँ भिमाद नगरपालिका-६ शिव सुन चाँदी पसलमा काम गर्ने भारत घर भएका २६ वर्षीय शुशान्त आर्यालाई प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग.१ ख ३८१९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई प्लास्टिकको बट्टाभित्र लुकाई छिपाई ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित