बुबाको हत्या गरेको आराेपमा छाेरा पक्राउ

झापा /  आफ्नै बुबाको हत्या गरेको अभियोगमा कमल गाउँपालिका-४ बस्ने २३ वर्षीय आशिष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

 

कराई र दाउले प्रहार गर्दा उनका बुवा ४५ वर्षीय भोला कुमार तामाङको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित