सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं /  नेपाली बजारमा सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य सोमबार हालसम्मकै उच्च रहेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो।


आइतबार छापावाला १ लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।  


सोमबारको मूल्यले गत कात्तिक ११ गतेको उच्च रेकर्ड तोडेको हो । ११ कात्तिकमा हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ सोमबार नयाँ रेकर्ड कायम भएको हो । ११ कात्तिकमा छापावाला सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। 

 

सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५०० रुपैयाँ पुगेको छ।  
 

प्रतिक्रिया

सम्बन्धित