उदयपुर पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटना : तीन जनाको मृत्यु, १२ गम्भीर

उदयपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३७ जना घाइतेका छन् । पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्य २५ जनाको गाइघाटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको उदयपुर प्रहरीले जनाएको छ ।

उदयपुरगढी गाउँपालिका–७ अधेरी झर्ना नजिकै दुर्घटना हुँदा बस चालक त्रियुगा नगरपालिका ५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा–६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको मृत्यु भएको हो ।

त्रियुगा नगरपालिका ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बस दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित