१९ वर्षमै याैनधन्दा , इटहरीमा एक किशोरी सहित दुई जना पक्राउ : उमेर हरेर ५ हजार देखि १० हजार सम्मको मोलमोलाइ

इटहरी । सम्बन्धित निकाय तथा सरोकारवालाहरूले चासो नराख्दा इटहरी भित्र अझै पनि खुलेआम यौन धन्दा हुने गरेको तथ्य बाहिरिएको छ । यौन धन्दामा संलग्न एक किशोरी सहित इटहरी प्रहरीले २ जनालाई पक्राउ गरी शनिवार सार्वजनिक गरेपछि यस्तो तथ्य बाहिरिएको हो ।

यो घटनाले इटहरी भित्र अझै पनि लुकीछिपी यौन धन्दा हुनेगरेकाे देखिएको छ । मोबाइल सम्पर्कबाट इटहरी बाहिरका किशोरीहरू बोलाई पुरुष ग्राहक सम्म खोजी गरी जिम्मा लाउने गरेको अनुसन्धानबाट देखिएको छ । प्रहरीले यस्तै घटनामा संलग्न इटहरी ६ कि २१ वर्षीया एक यूवती र इटहरीका एक पुरूषलाई पक्राउ गरी सार्वजनिक गरेको छ । निशाले बाहिरबाट युवती झिकाउने काम गरेकी छिन भने यूवकले ग्राहक खोजी गरी पठाउने गरेको प्रहरी भनाइ छ । 

  उनीहरूले इटहरी बाहिरबाट युवतीहरू झिकाएर यौन धन्दामा संलग्न गराउने प्रहरी अनुसन्धानबाट खुलेको छ । उमेर हेरेर रु ५ हजार देखि १० हजार सम्मको मोलमोलाइ हुनेगरेकाे प्रहरी भनाइ छ । इटहरी प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीका अनुसार साे युवतीले फोन मार्फत २ जना युवती झिकाएर केटा सँग पठाउन खोजेपछि शङ्कालागि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । दुवैजनालाइ एक रातको १० हजारका दरले कुरा फिक्स गरिसकेको बताएपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए ।

दुवै किशोरीलाई काम लगाइदिन्छु भन्दै बाहिरबाट बोलाएको र यौन धन्दामा लगाउन खोजिएको अनुसन्धानबाट देखिएको प्रहरी भनाइ छ । पक्राउ परेकाहरूलाइ जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको इटहरी प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित