लमजुङमा कौडा खेल्दै गरेका ११ जना पक्राउ

लमजुङ /  लमजुङको सुन्दरबजारमा कौडा खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुन्दरबजार नगरपालिका ६ खत्रीठाँटी स्थित सुवास श्रेष्ठको घरमा बिहिबार राति  हारजितको बाजी राखेर कौडा खेलिरहेका ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार घरधनी पक्राउ पर्नेमा एक जना बेसीशहर नगरपालिकसको र अन्य सबै सुन्दरबजार नगरपालिका भित्रका छन् । उनीहरुको साथबाट १६ गोटी कौडा साथै नगद १ लाख २४ हजार २ सय ९५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित