गरिमा बिकास बैकले दियो इटहरी ट्राफिकलाई डिजिटल बोर्ड

इटहरी । गरिमा बिकास बैँकले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसरमा इटहरी स्थित कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई डिजिटल बोर्ड र नागरिक साहयता कक्ष स्थापना गरि दिएको छ । बैकले आफ्नो बार्सिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत नागरिक साहयता कक्षको भौतिक संरचना निर्माण संगै डिजिटल होडिङ बोर्ड कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख सरोज पौडेललाई हस्तान्त्रण गरिएको हो ।

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख सरोज पौडेल, इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्की , इटहरी ५ का वडा अध्यक्ष भिष्म घिमिरे, गरिमा बिकास बैककी कोशी प्रदेश प्रमुख रक्षा भट्ट महेश्वरी लगायतको उपस्थित रहेको थियो ।

बैकले पछिल्लो समयमा नाफा कमाउने मात्र नभई सामाजिक काममा समेत खर्च गर्दै आएको गरिमा बिकास बैकले जनाएको छ । बैकले सामाजिक काम पनि गर्दै आएको बैककी प्रदेश प्रमुख भट्टको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित