धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला

धनकुटा । धनकुटामा एकैघरका तीन ब्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेमा बुधबार राति एकै घरका तीन जना मृत फेला परेका हुन । प्रहरीका अनुसार तीनैजना झुन्डिएको अवस्थामा फेला परे पछि घटना थप रहस्यमय भएको छ ।  

यसरी झुन्डिएको अवस्थामा मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ वर्षीया पत्नी झुमा र ११ वर्षका छोरा आयुष रहेका छन । सो घटनामा ६ वर्षकी छोरी आशिका भने सकुशल रहेकी छिन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक टीकाले मादक पदार्थ सेवनगरी पत्नी र छोराको हत्या गरी आफू पनि झुन्डिएर आत्महत्या गरेको हुन सक्ने कोणबाट अनुसन्धान गरिएको छ । घटनास्थलमा अहिले प्रहरीले पुगेको र सो घटनाको मुचुल्का उठाउने काम भइरहेको छ । प्रहरीका अनुसार थप अनुसन्धान जारी छ । 

प्रतिक्रिया

सम्बन्धित