रचना रिमालको 'थोपा'मा आर के र अनुजाको रोमान्स

काठमाडौँ /   चर्चित गायिका रचना रिमालको स्वर रहेको थोपा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

नविन श्रेष्ठको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ । जसमा राहुल प्रधानको एरेन्ज रहेको छ ।

भिडियोले प्रेमीले धोका दिए पछि एक्लीएकी प्रेमीकाको विरहको कथालाई निर्देशक  गौरब गिरीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन ।

सुदूरपश्चिमको रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा आर के परियार, अनुजा सिंह र मिसेल घिमिरेको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा सन्तोस तामागंको सिनेमाटोग्राफी , भद्रजंग कुँवरको सम्पादन तथा कलरि श्याम कुँवरको रहेको छ । 

भिडियो बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको यट्युब च्यानल मार्फत बजारमा आएको हो । केही समय अघि मात्रै संगीतकार नागेन्द्रले अञ्जु पन्तको स्वरमा 
हिन्दी गीत जिन्दगीकी राहो मेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियो लिंक :  https://youtu.be/9WjE0Mcute

प्रतिक्रिया

सम्बन्धित