३०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं /  बुधबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।


यसअघि मंगलबार छापावाला सुन तोलामा १ लाख १६ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

 

बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ४५५ रूपैयाँमा किनबेच भइरहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित