प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं /  प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ ।  बुधबार प्रि–ओपन सेसनमा ०.४६ अंक बढेर १८३०.११ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।


यो सेसनमा ८ स्टकको ४० हजार ९२७ रुपैयाँ ७० पैसा बराबरको १११ कित्ता सेयर कारोबार भएको छ। जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
 

प्रतिक्रिया

सम्बन्धित