श्रीलंकाबाट दक्षिण अफ्रिका सर्यो यू-१९ क्रिकेट विश्वकप
![](https://snowberry.prixacdn.net/media/gallery_folder/U19-worldcup.jpg_1VWOrbXxXL_t89fo8gh0tyryxxernz0dklkv4tbclbbxkwdlumw8ijic8gvid8ec7cvqtfh_RXwZ2mtpAX_l0475f0wjyzdwne1grhoqmaetkoqkufihziufzzgxltgxt8kcmneqslungyz.jpg)
काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले यू-१९ विश्वकप दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेको छ । सअघि श्रीलंकामा आयोजना हुने भनिएको यू-१९ विश्वकप श्रीलंकाको क्रिकेट बोर्ड आइसीसीद्वारा निलम्बनमा परेपछि विश्वकपको आयोजन दक्षिण अफ्रिकालाई दिइएको हो ।
दक्षिण अफ्रिकाले यसअघि २०२३ मै महिला यू-१९ विश्वकपक आयोजना गरेको थियो भने २०२० को यू-१९ विश्वकप पनि दक्षिण अफ्रिकामै आयोजना गरिएको थियो ।
यू-१९ विश्वकप जनवरी १३ देखि फेब्रुअरी ४ सम्म हुने यस अघि तोकिएको मितिमा भने आइसीसीले कुनै परिवर्तन अहिलेसम्म गरेको छैन ।
यस यू-१० विश्वकपमा १६ देशले भाग लिदै छन् । जस अन्तर्गत ११ पूर्ण सदस्यले सिधै प्रवेश पाएका छन् । जसमा श्रीलंका, दक्षिण अफ्रिका, अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, बंगलादेश, इङल्याण्ड, आयरल्याण्ड, वेस्टइन्डिज र जिम्बाबे रहेका छन् ।
त्यस्तै ५ देश क्षेत्रीय छनौट खेलेर विश्वकपमा छनौट भएका छन् । जसमा नामिबिया, नेपाल, न्यूजील्याण्ड, स्कटल्याण्ड र अमेरिका रहेका छन् ।
१६ देशलाई चार समुहमा विभाजित गरिएको छ । जसमा नेपाल समुह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजील्याण्डसँग परेको छ । नेपालले आफ्नो पहिलो खेल १३ जनवरीमा न्यूजील्याण्डसँग, दोस्रो खेल १७ जनवरीमा पाकिस्तानसँग र तेस्रो खेल २० जनवरीमा अफगानिस्तानसँग खेल्ने छ ।
![भारत महिला एशिया कपको फाइनलमा](https://snowberry.prixacdn.net/media/gallery_folder/India.jpg-20_3vhiAJf8uX_ye0l5iedtnmyy0lsgjbmjfdld4erkuw9s7migwsmetqhtpsaw8rypecqj1xu_Hmh39N4KPL_edmzgzyja0dbalmwcudmykrb4dgp3zxxk0v0pevazbpizq6cvtrjprifnxyo.jpg)
भारत महिला एशिया कपको फाइनलमा
![सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep1-760x500_sjMT2QJaQ8_qzu9q0u141atqg3oxawcmx8v0vghqzbifa4f4r7swfrxp3xkmwmjnghf8lgb_Bto3HnTmh6_dsxhjr4hx9ztrmn4ceeewg9lj0l7twjy4xaz9gzqjypdqcp3hjzavnaoqcl7.jpg)
सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन
![पेरिस ओलम्पिकको उद्घाटन आज](https://snowberry.prixacdn.net/media/gallery_folder/images.jpeg-1_tXCQ6EMfDm_tsrnijceyilvrtg3fgrejeryachuszwsnowgzclpgcqthscshksmwakj7kpr_LTtk6GpwNT_xzgotuvopluaipfqys3jqbvj5cfesqn5kww9y6fipdtqnea0gr19xocez4yt.jpeg)
पेरिस ओलम्पिकको उद्घाटन आज
![सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep-lamichhan_BkCJzTwqvp_3gsaaogxsmt5uozw7nixgc8cxynzsfrvn6mlfwdmin5k1izdydwjitsp80n9_FA0kfrwlc5_whbpbks07dyoygz14as2kb6ntbv93kdiwu9vmsuqwsrxbydnptz1cmt022zw.png)
सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित
![आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग](https://snowberry.prixacdn.net/media/gallery_folder/IPL-.jpg-1_fzZoyHrRc4_bhv0dvqcxukbngy0krnnmeldfqj65xd0wdwf5tqvwz5e3hwv9i2wryidc70r_EeqQt5is28_qv6le0dm9zfxzourpik2rwbby1l5pkyuzwzsxzw2nphbumwozfdohwgvga1j.jpg)
आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग
![पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि](https://snowberry.prixacdn.net/media/gallery_folder/Argentina_XTkl9IqavL_ar6c8tge47izpjgfwu2ghtjothayz3ixijdgftiana7tz6vlu5uetydnncgx_NRcGS41e5w_kcjhh8zly3rbpvanrcao3t3atimg8kxrejlwmn4bmqe4kmyzhjcooorqgwih.png)
पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि
![फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/football_6wDnWTEKyO_8rcsjjdrszwtxgr1n85bch95arhjpqat94k03ska7jwhgqnv4hbfph1udu3q_zSFN9ONKtF_pz6p5znuyzcresuxqjqcwrn9uhz66sj0qz4fgkw8igniqaeua62jynyjg5ul.jpg)
फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन
![भारतसँग पराजयपछि कप्तान बर्मा- यसपटक धेरै सिक्ने अवसर पायौँ, टोलीको खेलमा गर्व छ](https://snowberry.prixacdn.net/media/gallery_folder/indu-barma_se0y88HyFs_0wenbd66u3t0ia0ig66uryciigzpyrufw21ji1ncdtiz9jb95lzessy10doi_dks8WsgOJ8_a8bpvktqsb4vdbxsgjykoty4enbmd6mjeqjwwh0qxexxw4eiroljvoyiockn.jpg)
प्रतिक्रिया