सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं /  सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ । 


मंगलबार २३.८२ अंकले ओरालो लागेको सेयर बजार १८२९.६५ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर रहेको छ । 


यसदिन ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख ७९ हजार ५८३ रुपैयाँको कारोबार भएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित