धरानमा किशोरी झुन्डिएको अवस्थामा फेला

धरान: सॅाझ धरानमा एक युवति झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । धरान-३ मा २३ बर्सिया बुलप्सा खातुत युवति सॅाझ पङ्खामा पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको धरान प्रहरीको भनाई छ। मृतकका भाइ एमडी फूलले दिएको जानकारी अनुसार ममि सबनम खातुम २ महिनामा देखि भारतमा रहेर आजै घर फर्केकी हुन्। बहिनी काम छुट्टिएका कारण घरमै रहेको थिइन ममि घर आएर बहिनिलाई ढोका खोल भन्दा नखोलेपछि आएर हेर्दा झुन्डिएको अवस्थामा देख्यौ। मृतक बफर फ्याक्ट्रीमा कार्यरत कर्मचारी हुन्।

निज कम बोल्ने स्वभाव रहेको प्रहरीको भनाई । मुस्लिम समाजले प्रहरीलाई कोठा सानो भएको र आमालाई छोरीको शव अगाडी आमा भावनात्मक हिसाबले बस्नु नसकेको र रात कटाउन असहज हुने हॅुदा मुचुल्का गरी शव मर्चरीमा राख्नु अनुरोध गरेको थियो। मुस्लिम संस्कारमा झुन्डिएको शव रातमा राख्नु नमिल्ने बताउँदा समेत प्रहरीले शव उठाउन नमानेको समाजमा अध्यक्ष फिरज अलिले बताए। यस विषयमा डिएसपी नवराज मल्ल भन्छन्” कानुनी हिसाबले सूर्य अस्ताए पछि शव उठाउन नमिल्ने भएकाले शव भोली उठ्छ हाल प्रहरी जनशक्ति खटाएका छौ।”

प्रतिक्रिया

सम्बन्धित