माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ। सोमबारदेखि आगामी ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जितेन्द्र बस्नेतले एक विज्ञप्तिमार्फत जनाएको छ।
उक्त क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ। पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोकिएको काठमाडौं प्रशासनले जानकारी गराएको छ।
आगामी मंसिर ७ गते नेकपा एमाले निकट युवा संघ र दुर्गा प्रसाईंले गर्न लागेको प्रदर्शनलाई लक्षित गर्दै प्रशासनले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो।

फिर्केखोला मिचेर बनेका १६० संरचना भत्काउन अदालतको आदेश पर्खिंदै महानगर

प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्दै

धनकुटामा प्रतिनिधि सभा सदस्य दीपक खड्का सवार गाडी दुर्घटना

प्रहरी कप: नक्साल हेडक्वाटरलाईृ हराउँदै पोखरा प्रहरी बिजयी

सुनको सिक्री लुटने बाराका एक युवक पक्राउ

कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

ओलीले डोटीमा भने, 'प्रचण्ड माकुने षडयन्त्र हुँदा पनि पार्टी सिद्धिएन्'

प्रतिक्रिया