विश्वकप फाइनलमा भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपको फाइनलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा अलआउट हुदै २४० रन बनाएको हो । भारतका लागि केएल राहुलले सर्बाधिक ६६ रन बनाए भने विराट कोहलीले ५४ रन बनाएका थिए ।
त्यसैगरी कप्तान रोहित शर्माले ४७, सूर्यकुमार यादवले १८ रन बनाएका थिए । त्यस्तै शुभमन गिल र श्रेयस अय्यरले ४-४ रन बनाएका थिए भने रविन्द्र जडेजाले ९, मोहमद शामीले ६, जसप्रित बुमराहले १, कुलदीप यादवले १० र मोहमद सिराजले अविजित ९ रन बनाएका थिए । त्यसैगरी अस्ट्रेलियाका बलर मिचेल स्टार्कले ३ विकेट लिए भने जोश हजेलवूड र पाट कमिन्सले २-२ विकेट लिएका थिए । त्यस्तै ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट लिएका थिए ।

राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक थापाको निधन

बागमतीलाई हराउदै आर्मी केपी ओली कपको फाइनलमा

एनएसएल: झापामाथि इलाम १-० ले विजयी

आइपिएल: मुम्बई इण्डियन्समा फर्किदै हार्दिक पाण्डेय !

केपी ओली कपः बागमती सेमिफाइनलमा

ब्राजिलमाथि अर्जेन्टिनाको जित, ओटामेन्डीले गरे गोल

श्रीलंकाबाट दक्षिण अफ्रिका सर्यो यू-१९ क्रिकेट विश्वकप

प्रतिक्रिया