जापानलाई हराउँदै चारदेशीय महिला टी-२० सिरिजमा नेपाल तेस्रो

काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो भएको छ । आइतबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गर्दै तेस्रो भएको हो ।
नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको जापानले २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाएपछि नेपाल ४५ रनले विजयी भएको हो ।यसअघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।
सिरिजमा समूह चरणमा नेपालले जापानलाई पराजित गरेको थियो भने आयोजक हङकङ र तान्जानियासँग पराजित भएको थियो । त्यस्तै जापानले भने समूह चरणका तीनै खेलसहित तेस्रो स्थानको खेलमा पनि हार व्यहोरेको छ ।यस सिरिजको फाइनल खेलमा आज हङकङ र तान्जानिया खेल्दैछन् ।

राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक थापाको निधन

बागमतीलाई हराउदै आर्मी केपी ओली कपको फाइनलमा

एनएसएल: झापामाथि इलाम १-० ले विजयी

आइपिएल: मुम्बई इण्डियन्समा फर्किदै हार्दिक पाण्डेय !

केपी ओली कपः बागमती सेमिफाइनलमा

ब्राजिलमाथि अर्जेन्टिनाको जित, ओटामेन्डीले गरे गोल

श्रीलंकाबाट दक्षिण अफ्रिका सर्यो यू-१९ क्रिकेट विश्वकप

प्रतिक्रिया