दक्षिण कोरियाले कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने, छिट्टै कानुन बनाउँदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Mun-ja-in_pveAlV9k1S_pfg0hcgxkj2ueaprdp8f7ktluvxi1jwson37gzdubcul5tvycwnphmvnt3ad_LywAxGosEJ_xqmh85wqbc0njqyrnxfuukzy3niwalfyhbgxuzgyj8dzf4t7s4wszdwmifhf.jpg)
सिओल । दक्षिण कोरियामा शताब्दीयौंदेखि चलिआएको कुकुरको मासु खाने परम्परामाथि प्रतिबन्ध लगाइने भएको छ । जनावर तथा कुकुरबारे जनचेतना फैलाउन कुकुरको मासु खान प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । दक्षिण कोरियाको सत्तारुढ दलका प्रमुखले आफ्नो पार्टीले कुकुरको मासु खान प्रतिबन्ध लगाउन सक्ने बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार कोरियाली कुकुर खाने प्रचलनको विदेशमा आलोचना भएसँगै आन्तरिक स्तरमा पनि यसको विरोध बढिरहेको छ । जसका कारण हालैका वर्षहरूमा दक्षिण कोरियाका युवाहरूले कुकुरको मासु खानबाट जोगिइरहेका छन् र यसको विरोध पनि गरिरहेका छन्।
‘कुकुरको मासु उपभोगमा विशेष ऐन बनाएर सामाजिक विवाद अन्त्य गर्ने बेला आएको छ,’ सत्तारुढ पीपुल्स पावर पार्टीका नीति प्रमुख यु इउई डोङले सरकारी अधिकारीहरूसँगको भेटमा भने। सरकार र सत्तारुढ दलले यसै वर्ष प्रतिबन्ध कार्यान्वयन गर्न विधेयक ल्याउने युले बताए । बैठकमा कृषि मन्त्री चुङ ह्वाङ क्युनले सरकारले छिट्टै प्रतिबन्ध लागू गर्ने र कुकुरको मासु उद्योगमा संलग्न व्यक्तिहरूलाई आफ्नो व्यवसाय बन्द गर्ने राम्रो अवसर खोज्ने अनुमति दिने बताए।
कुकुरको मासु खानु कोरियाली प्रायद्वीपमा शताब्दीयौं पुरानो परम्परा हो र कुकुरको मासु खानु भनेको गर्मीबाट बच्ने उपायको रूपमा हेरिन्छ। दक्षिण कोरियाका पशु अधिकार समूहहरूले कुकुरको मासु खान प्रतिबन्ध लगाउने तयारीमा खुशी व्यक्त गरेका छन्। ह्युमन सोसाइटी इन्टरनेशनलले एक विज्ञप्तिमार्फत भन्यो, ‘हामी सबैले क्रूरता अन्त्य गर्न नेतृत्व गरेको जटिल अभियान सपना जस्तै थियो तर अब साकार हुने अवस्थामा छ।’ रोयटर्सका अनुसार गत वर्ष ग्यालप कोरियाको सर्वेक्षणले ६४ प्रतिशत मानिसले कुकुरको मासुको विरोध गरेको देखाएको थियो।
![भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त](https://snowberry.prixacdn.net/media/gallery_folder/canada-aaglagi_NTYr0r4CcI_2tyaieqima07dmqcj4fr9mhrnx4n0agbfc8tzosukkds70oexrhruesrartg_SjxVoyeCja_jomgzpv9qn9slbjddlijdkqfiwsinfej7byzxslkcrdqi0h1bdckdpqskveq.jpg)
भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त
![कमला ह्यारिसलाई ओबामाको समर्थन](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala.jpg_1fGqk7Z67r_bnj5sbj6852pn0uhbctu8j8vnmdzk8pjzszvlrc0xc8c02gtzjtkcla0xvhn_SjFqQAtrFQ_jwft3ehff3cxewarmpx1ouc0awrb4oichkpptylbmucptuxduqsn4mzdmqmq.jpg)
कमला ह्यारिसलाई ओबामाको समर्थन
![गाजामा पाँच बन्धक मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/gaja-five_nj8wT1JIcN_rrdwdyi7etob81rgjgpieskovvztiaxfm6t3qaqsmlpdfiziasrccewodh7a_akWIWDfesU_ot4uos4h8c6bixvxgvpuwrgy0pahfg3pzdlwbpep5ncbjfanqvsqckbrvjrt.png)
गाजामा पाँच बन्धक मृत भेटिए
![मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Boat.jpg_mDvE6MiPlg_lsxr6sippzt1pkopziceqrxiez6y94eyxstpjgsoaycfz90f50uk0y4ibsxy_DicK8blx74_1z1zvidrgqe9yyjxopmdnsjcdxrjdgrbjvghdvu1xzvv0yea3wtwycqauzom.jpg)
मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता
![‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ](https://snowberry.prixacdn.net/media/gallery_folder/67_KXIWAfueUp_yakmddkbrip0cvr5gdsazdimly2zkmbiseik1rglbbanojlwagrkfupngkce_TpXOU2XWIW_rxaupoxl4q7fyoz8da50ahomtaszfois9od4hilvdibs1midl9h5trc3sioc.jpg)
‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ
![ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_Trump_1.jpg_BTppK0GMbR_oemch8ahitqvx4y4tlai7vhcyakr65ibxx84jmspvdx3vbdr9xtutzmk5t3i_HPcObRQs89_ydkbvnphdijrm784r5cj5wdhvefw7exx8cbxer9ipvvu6dfrvkfv1tjooo2c.jpg)
ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी
![इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो](https://snowberry.prixacdn.net/media/gallery_folder/Ethiopia_BRHI4ayQem_3rypowwgsmpx1wmrtllxmzjorwjxihbkdbbst8rvcpmj92bfku458hlalm0e_n2Km8BO5t5_mwjohonpquu6vadzcwutt1wztfazsp9fdtxxvl8aa9tysiqvj8vtqaaloha5.jpg)
प्रतिक्रिया