राजसंस्था र हिन्दु राज्यका पक्षमा उभिने जो सुकैलाई समर्थनः कमल थापा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/kamal-thapa_wQTYRNoHVj_xebg3shq6ictmfxeoofgoryjjovnlxyqhkc7lj1eqywntap0izoiupghtunw_1LC002L5Wk_vwz0w31san1zyifdjkuc8brcdxqmljrixebheoru0ep7flvwizylhfni2dh7_z19IYl47FT_fekjpicxqzp8e1rtkxiwal8znoj8qtca6wxrdflyhfwy0jnib1escdb3t6hx_3otUvpxoaf_7tub3up30vdswgvnmbai5stojxqkjflqvwqmcst44efetaszynowstbz91ua_4RV2dRzfZc_iambfstf6h4cliznkqxjdscjjqxdjucfnzuntqftxs0jj03ejdlkujijuq6e_LL0z9ZjW3k_ufidow7k9px3fl64xkeujpo8hfkgqtv7va015k94ct26nzlt4ln6dnnphcye.jpg)
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको माग गर्ने जुनसुकै समुहलाई समर्थन गर्ने जनाएका छन । राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दावी गर्र्दै अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरुको विकल्प राजसंस्था नभएको पनि जनाएका छन ।
‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिड्ने एकमात्र दल राप्रपा नेपाल हो, संख्याको कमिले संविधानसभाबाट राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न नसके तापनी जनताको अभिमतबाट हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सक्ने संवैधानिक अधिकार सुनिश्चित गर्ने कामको श्रेय समेत राप्रपा नेपाललाई रहेको छ’ थापाले भनेका छन, ‘यही अधिकारको कारण राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउने र स्थापना गर्ने हक जनताले पाएका छन्।’
अहिले विभिन्न दल, व्यक्ति र समुह राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा उभिएको र संघर्ष गर्न तयार भएको देख्दा खुसी र गौरवको अनुभूति भएको पनि थापाले जनाएका छन् । ‘राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको निम्ति जोसुकै दल वा समुहबाट भएका र हुने प्रयास र कार्यमा राप्रपा नेपालको नैतिक समर्थन रहने छ,’ उनले भनेका छन, विगतमा हामीबाट पनि केही कमजोरी र त्रुटी भएका छन्। विगतको अनुभवबाट पाठ सिकेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने सबै एउटै मोर्चामा आबद्ध भै निर्णायक संघर्षमा जुट्न राप्रपा नेपाल आह्वान गर्दछ।’
राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको मुद्दालाई सत्ता प्राप्तिको भर्याङ वा निहित स्वार्थ पुर्ति गर्ने माध्यम बनाउन नहुने थापाको भनाई छ । ‘यो अभियानलाई कसैसँगको प्रतिशोध साध्ने, कुनै माग वा स्वार्थ पुरा नभएको झोक पोख्ने वा छुद्र अभिव्यक्ति दिने साधन बनाउनु हुँदैन, राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको अभियान कुनै दल व बिचारको विरुद्ध केन्द्रित हुनु हुँदैन,’ उनले भनेका छन, ‘प्रजातन्त्र वा दलहरुको विकल्प राजसंस्था होईन। सबै राजनीतिक दल र विचार अटाउने व्यवस्था मात्र नेपाल र नेपालीको हितमा हुनेछ।’ उनको तर्क छ, ‘राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मान्यता सबै नेपालीको साझा आदर्श बनाउनु पर्दछ।’
![राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/naupa_M62kYiKcpz_cyxyems58qevat0thtscq0qkhypiawgqq4vx613bexgasbnrsrz2bp8xyyg6_OESdqSz7Lu_agpmkfv9xokaqxw7mcy5i8rwayv8cee6ypuh3pasgyznfnw1cwbty5mhgzx3.jpg)
राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_CdKvWzoHRj_b4qtdl79k6h7pkfnoiuzwuezvk0kkhuxsqtngtq8s93qzd9r05ybjrr0janm.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_TMTxok0eRL_9typs742wpaefqz27uyipnfe9tjs5lw3cn06bmy1imu2kqdvx0cywb7ktvzh.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_miYu8iigX0_giisamjdpqxsbv74xgsfblh7bhjtrgh5q5h9fbbtvknmy6t22e0csmdm54pm.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_xAt1Nu00v8_rsfxtjpspqu0pbfpyuaxvi9p2mmyyj90eij9h6zcv4s0qyfcxpwqontinvyt.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_s6W1GfGKpx_y1kywpgtfropla1xhny6jcx7ho6jatz3z0mn6wdpgafqo56xhndser5ebg9j.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Bishnu.jpg-2_2uWKYy3L4p_e9zuposx7efsv5kedq5b5k3yrwa8hulaikzu8qlr4c49wwjuy4y2of8whb6x_ybssFfz3N2_8nzcmy6kjrilugvglid29wz28zx9xidbsmvlbxrew4jdqpa6ut0huy0bosco.jpg)
मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …
![गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_1.jpg_sWFITUP4zs_nlw7mhpmfvcwwzawetswancmvnej9u8f7qfeqa6cnqdbszhphhjx2krabc0j_29igdyvg2T_wrsrnggh7w6nw9l8rrqcdvdnywmdgjuoueqdhnkyn0mtdiiziplx1dvxvk2z.jpg)
प्रतिक्रिया