टिकटक प्रतिबन्ध माथी पहिलो पेशी तोकियो, सोमवारबाट सुनवाइ

काठमाडौं । टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा पहिलो पेशी तोकेको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिबक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिएको रिटमा सोमवारका लागि पेशी तोकिएको हो ।
हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिवन्ध लगाए पछि अदालत खुलेको पहिलो दिनमा नै सर्वोच्च अदालतमा कयौं रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंशिर ४ गतेका लागि पहिलो पेशी तोकिएको अदालतले जनाएको छ ।भोली शनिबार तथा पर्सी छठ पुजाको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको हो । सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।

बेलायतको स्पेक्ट्रलाइट युकेले किन्यो एनसेलको ८० प्रतिशत शेयर

सरकारले जारी गर्याे सामाजिक सञ्जाल निर्देशिका : ३ महिनाभित्र नेपालमा दर्ता नभ…

नेपाल सरकारले ल्यायाे सामाजिक सञ्जाल निर्देशिका : ३ महिनाभित्र नेपालमा दर्ता …

दियालो टेक्नोलोजिज र स्मार्ट वास सोलुसनबीच खानेपानी प्रणालीलाई डिजिटलाइज गर्न…
चन्द्रमामा पुग्यो भारतले पठाएको यान

इसेवा मनि ट्रान्स्फर र साउदी अरेबियाको इन्जाज पेमेन्टबिच सम्झौता

चन्द्रयान- ३ अब चन्द्रमाको २५ किमी मात्रै पर, तीन दिन भित्र चन्द्रमामा अबतरण गरा…

प्रतिक्रिया