सलमानको टाइगर ३ ले गरेन अपेक्षित ब्यापार
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
मुम्बई / सलमान खानको टाइगर ३ बक्स अफिसमा धुम मच्चिरहेको छ । सलमान खान, कट्रिना कैफ र इमरान हाश्मी अभिनित स्पाइ थ्रिलर फिल्मले रिलिजको पहिलो तीन दिनमै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । तर अहिले टाइगरको चमक अलि घटेको देखिन्छ । जस अनुसार यो फिल्मले अपेक्षित ब्यापार नगरेको जनाइएको छ ।
रिपोर्टमा विश्वास गर्ने हो भने टाइगर ३ को चौथो दिनको कमाई पहिलो तीन दिनको तुलनामा आधाले घटेको छ ।सकनिल्कको रिपोर्ट अनुसार सलमान खान र कट्रिना कैफको फिल्मले चौथो दिन २२ करोड कमाएको छ । यद्यपि यो प्रारम्भिक रिपोर्ट अनुमान हो र यसमा केही तथ्याङ्कहरू थोरै फरक हुन सक्छन् । रिपोर्टका अनुसार टाइगर ३ ले पहिलो तीन दिनमा सबै भाषा मिलेर १४७.५० करोड कमाएको थियो । अर्थात् अहिलेसम्म फिल्मको कुल कलेक्सन १६९.८० करोड भइसकेको छ ।
सलमान खान, कट्रिना कैफ र इमरान हाश्मीको फिल्म टाइगर ३ ले सनी देओलको गदर २ लाई कमाईको मामिलामा कडा टक्कर दिइरहेको छ । सक्कनिल्कको रिपोर्ट अनुसार गदर २ ले पनि पहिलो दिन ४० करोडभन्दा बढी कमाई गरेको थियो भने चार दिनमा १७४.३ करोड कमाएको थियो । योसँगै टाइगर ३ को तथ्यांक पनि गदर २ सँग मिल्ने देखिन्छ । टाइगर फ्रेन्चाइजीको तेस्रो किस्ता मनिष शर्माले निर्देशन गरेका हुन् ।
फिल्ममा सलमान खानसँगै कट्रिना कैफ र इमरान हाश्मी मुख्य भूमिकामा छन् । यस बाहेक शाहरुख खान र ऋतिक रोशनको क्यामियो रोल देख्न सकिन्छ ।
![गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news731670._TNGnFjVLnA_airtagk25p11dekgyvnfou90jsmwbsixs0empl1i9p65ba2vfrokindlg2jk_LqWKwmZw7o_fufntvokqvgsu3ak5cyagbtuaxz65n4ngd9gcfd9ajzskv43l3qjexmmilgq.png)
गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे
![करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’](https://snowberry.prixacdn.net/media/gallery_folder/Karan-Johar-Yesh-_stWrlSdGVu_pnxszzg98hrqznagw3yad37ehpvhvngcbhuvxvq34abh09qlsi2gwb678ifb_j5Bwi876CU_ugm8rlfzim8wvskgk0ratubwyi63d4r1bnujy7ntbiyxbekprvjsvjrxp9e8.png)
करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’
![मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर](https://snowberry.prixacdn.net/media/gallery_folder/karan-johar.jpg_2ymcrzDisr_a8jiyh4g6gjmmqd3ktgkedo4tiefe3hekot6oxrukjekjgrswboqrmspzgmg_jFCAcdNOK4_p0wjo00pnrrkzbpwhlz1wkogg2lrwha8ia5nnlfqetyqmicz3tgcba1lwjgb.jpg)
मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर
![विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Ameesha.jpg_C4Y4pQJeU4_lzt3gigqae9940rgf5myuw3hpffhqzcrgrestar1dlahc1bmm0zjvb3pexzg_I4NYp6JSVm_zxyfs3q3fnr6eei8k06zgzmjqe8z5xcfdxootompftmevybbwjn15vewgzjg.jpg)
विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल
![बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/alka_8gLfPpKDK4_pd8npca1pgbse9jths5tzicsr7kk5wdnfbfzd3xg3n4nearzrsvedc80jtyu_qkHe18Fb7Y_pdogt62j2kh8rxbwxqcz6vyhhp239jrrxl42cmjmzxazhzegbh2vs20ktxn9.jpg)
बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण
![बक्स अफिसमा लगतार फ्लप अक्षय कुमार ,हिट फिल्मको खोजीमा छन अहिले](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news715430._VMrkgIxgtc_zxryiot5yczvbarkiijlmmo019sepictujrdahm7dewzpcdgl7qvpg2jp4wo_QTnK6Vsy6w_k16abdtnef2qdupogdiqugeay2kcsq8gnz80butanazrbankcekmdufcxgrm.png)
बक्स अफिसमा लगतार फ्लप अक्षय कुमार ,हिट फिल्मको खोजीमा छन अहिले
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन
![अस्पताल भर्ना भइन् राखी सावन्त, मिर्गौला र मुटुमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/Rakhi-Sawant-%25E0%25A4%2589%25E0%25A4%25AE%25E0%25A5%258D%25E0%25A4%25B0-%25E0%25A4%25AC%25E0%25A5%2589%25E0%25A4%25AF%25E0%25A4%25AB%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A5%2587%25E0%25A4%2582%25E0%25A4%25A1-%25E0%25A4%25AA%25E0%25A4%25A4%25E0%25A4%25BF-%25E0%25A4%25AA%25E0%25A4%25B0%25E0%25A4%25BF%25E0%25A4%25B5%25E0%25A4%25BE%25E0%25A4%25B0-Biography-in-Hindi_M0sztjfmTj_tbkxslbdwdyhvebvtk94mjj2zedzk6ec3o9q8jhrsy3txohfrrjeiv1kxit7_qWaHAfWyG5_6wc2hle7tdhesqnx7koenzav6gnyabqolc3mtmgk78j8cqh3d59ugzddyfdu.jpg)
प्रतिक्रिया