दुर्घटनामा जर्मन नागरिकको मृत्यु

पोखरा । मुस्ताङको जोमसोम जाँदै गरेका एक जर्मन नागरिकको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ। पोखरादेखि मोटरसाइकलमा जोमसोम जाँदै गरेका जर्मन नागरिक म्याट्रेड विको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बेनी–जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भीरबाट मोटरसाइकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको प्रहरीले जनाएको हो।
सडकदेखि करिब ६० मिटर तल भीरमा अल्झेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो । चा जना स्पेनिस र ११ जर्मन गरी १५ जना मोटरसाइकल राइडर बिहीबार पोखराबाट बेनी हुँदै मुक्तिनाथ यात्रामा गएका म्याग्दीका प्रहरीकफ भनाए छ। जर्मन नागरिकको मृत्यु भएपछि सनाखत गर्न राइडर शुक्रबार बेनी अस्पताल पुगेका थिए।
जंगली हात्तिले कुल्चेर झापामा बन चौकिदारको मृत्यु

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले…

हात्तीको आक्रमणबाट मृत्यु भएका मृतकका परिवारलाई एक लाख क्षतिपूर्ति

लमजुङमा १२ पुसदेखि ३१औँ त्रिवेणी कप प्रतियोगिता हुने, प्रथम पुरस्कार ८ लाख

बुबाको हत्या गरेको आराेपमा छाेरा पक्राउ

प्रतिक्रिया