धरानमा तीन वटा बस दुर्घटना, १६ जना घाइते

धरान । धरान उपमहानगरपालिका–१३ स्थित धरान–धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा आएका तीन वटा बस दुर्घटनामा परेका छन्। नवलपुरबाट विधार्थी बोकेको बस सु,प,प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अन्य २ वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।  

स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकनमा विद्यार्थी बोकेर आएका बस दुर्घटनामा परेका हुन्। ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दीको ग २ ख १५८३ नम्बरको बसलाई ठक्कर दिएपछि म्याग्दीको बस पल्टेको थियो।  स्याङ्जाको विधार्थी बोकेको  ग २ ख १५१३ नम्बरको बसमा ठोक्किएपछि  सामान्य क्षति भएको छ। दुर्घटनामा परी १६ जना विद्यार्थी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।  उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित