भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/443575e8-be73-403c-9409-2741fb2ee9a6-1_nyJ5QErtZy_0grutqcieb6twulgshegdepkqkeunwuj79y2i6dilqwjefcqpp0d6bsbxza6_vBeK5oErsy_nwb9xksiedecki0nxpuv980ynju3h0ey7qoj26ktb3j4vomvfqyqvsypcbto.jpg)
काठमाडौं / प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिने भएको छ।
बलिउडमा निर्माण भएका चलचित्रमा सबैभन्दा धेरै गीत लेखेका उनले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसकेका छन्। उनले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर रेकर्डमा नाम दर्ता गरेका थिए।
गीतकार समीरले सन् १९८३ देखि गीत रचना सुरु गरेका हुन्। उनले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत रचना गरिसकेका छन्। उनले लेखेका गीतहरू हिन्दी चलचित्रका नेपाली पारखीमाझ पनि निकै लोकप्रिय छन्।
उनलाई आगामी मङ्सिर २ गते काठमाडौंमा लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालको सङ्युक्त आयोजनामा ‘समिर अभिनन्दन’ गर्न लागिएको हो। साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीले प्रसिद्ध गीतकार समीरलाई नेपालमा सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताए।
त्यसैगरी गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापाले आफूहरूको उद्देश्य गीत रचनालाई प्रेरणा दिनु रहेको भन्दै सर्वाधिक गीत लेखनमा विश्वमै परिचित समीरको अभिनन्दन नेपाली कलाकारहरुका लागि पनि गौरवको विषय हो भने।
गीतकार समीरले रचना गरेका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन्। यी गीत नेपालमा पनि अधिक रूचाइने हिन्दी गीतमा पर्छन्।
![पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Sarangi.png_uVYld5NSkh_2onznfkshmv26i4zbnvz715un6ooepmwgdu5jqpoe9dzbdus6gr45qvlnznq_VJ4eFCsCbw_z649gdvdl3xqh8x9yaqstuqxg0kprfv7ljk3hazccokwmp3por5xu3xypz7f.png)
पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु
![सिसन बानियाँले खोले फिल्म कम्पनी](https://snowberry.prixacdn.net/media/gallery_folder/sss_umwXz1g2iE_6leqpfvt4vdxcxpfgjvkukarlc4a6yyjmvbcsmvwlkn96r6s78htjvrf9fzj_nHnytEeeiS_phvcke7l9xg3dhlbyfrq0vrjtioablb7v1jkqjz7uy6qxgm0epeqbju5wp50.jpg)
सिसन बानियाँले खोले फिल्म कम्पनी
![‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत](https://snowberry.prixacdn.net/media/gallery_folder/nischal.jpg_iYINuYtSI8_1mhqm489nifkfhibylpztv5cdmxvhdptflydvmmojrnnhuoapnibplzoa0lh_NNuiZ4toV9_fuyte4xxgobqfmj3aobrzq3t8ijltyogqqwnfzgccskieoiwmq827ls2ofev.jpg)
‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत
![नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/452287375_1037368801083518_4810767438107096189_n.jpg_QwsQMJzsgB_hnqi3hccqgckbgbugivyfm8ucrpssphkoltzkip2g6sit7zyvkk7ump6vo8w_wwZz8nl95A_q7rsbbrsfvdbkck92lapivn8pjtjcdmlrdoa0tmdkmx5fmogqnw9sszlxufv.jpg)
नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य
![हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्त्री कार्कीकाे निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/haribansha-achrya_nZdOFKOIai_dgc9gleo5jp2joriurnjdxzslr1rusj0qshdlzzzgauv16zxsvd0dfojk4fx_AkSMNvPkdZ_syzi1daxea6uuknk8arekmmpagpmr1raqqaldjynmddack99p0bxxhdhsdbn.jpg)
हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्…
![फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !](https://snowberry.prixacdn.net/media/gallery_folder/Bad-Newz.png_Cvek1p1JcB_cb3wl8jbyxmdrvv3j7gyi7fgbvwzp8fkwasajyyk4p7ix3werjgabequ946y_OZNWkpGS6l_kncfazo0ueu9ejnitmdevkprsftvcyiotjdra574jpuegdv6chhaaukt3apt.png)
फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !
![अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना](https://snowberry.prixacdn.net/media/gallery_folder/janvi_XYZy0JRyOq_geuymxxejzfupai6jqnegxfhfjoi6rkho6kk6criq41jwfrsmlle4egvhgqn_PCBds1nKAI_ayf3vzwwdcvlni8pvj7qzy1szdojls4wd4ouykwykwhgunqbijuy9xzx1mhu.jpg)
अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना
![‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम’ बनाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/laj-saranam_nW1FnqFF9c_bcolk1eobiinhfviuwumb5zvpyayunttavf03t0k6nrkbxthos4bfb3vvgfk_ClTZhjOduG_5pjorkk5r3un0kbzxvolc7rkoivwl6oauxq2rwssgbycrx04arohfykbecgb.jpg)
प्रतिक्रिया