सेयर बजार दोहोरो अंकले वृद्धि

काठमाडौं / चालु साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार मंगलबार नेप्से परिसूचक ११.२२ अंक बढेर १८५८.७६ विन्दुमा पुगेको छ। 

 

सेन्सेटिभ इण्डेक्स २.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक बढेको छ । मंगलबार ४३ लाख ३१ हजार २२९ कित्ता सेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँको कारोबार भएको छ । 


१३ उपसमूहमध्ये१२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। 
 

प्रतिक्रिया

सम्बन्धित