प्रधानाध्यापक मृत्यु प्रकरणः अनिश्चितकाल विद्यालय बन्दकाे घोषणा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG20231105123534.jpg_opmsIEk9BY_zaspnujqjqnqrwpmrnb2ilvbvip7re4nortmz5hk62qk2vorfp6sgn7vehpm_ghrEEAeWyA_gbeviq4ampmusvtces2i7dqtngqwgtsffnbl9zlex4yirlsz89zivhlqz4hl.jpg)
सिरहा / सिरहाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक संजिवकुमार साहको शंकास्पद मृत्युको वैज्ञानिक छानबिनसहित ९ बुदे माग राखेर शिक्षक संघ संगठनहरुले सडकमै पत्रकार सम्मेलन गरेको छ।
मृत्यु प्रकरणको सत्य तथ्य र निष्पक्ष छानविनगरी दोषीमाथि कार्वाहीको माँग गर्दै विभिन्न पेशागत शिक्षक संगठनले गोलबजार नगरपालिका सम्पूर्ण विद्यालय अनिश्चित कालको लागि बन्दको घोषणा गरेको हो।
मंगलबार भने जिल्लाका सम्पूर्ण विद्यालय बन्दको घोषणा गरेको छ। मृतकका श्रीमतीलाई योग्यताअनुसारको रोजगारी, बच्चाहरुको शिक्षाको उचित प्रबन्ध, मृतक शिक्षको विद्यालयमा शालिक निर्माण, घटनाको सत्यतथ्य छानबिनगरी दोषीमाथि हदैसम्मको कारबाही, शिक्षकहरुमाथि शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी वातावरण निर्माण, विद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने, मृतक शिक्षकलाई सहिद घोषणाको माग गरेको छ।
जनता नमुना माध्यमिक विद्यालय चन्द्रलालपुर चोहर्वाका प्रधानाध्यपक बम्हदेव सिंहले यो घटनाले कोही शिक्षक सुरक्षित नरहेको बताए। उनले भने, ‘हामी कोही शिक्षक सुरक्षित छैनौं भन्ने कुरा यो घटनाले देखाएको छ। सबै सचेत हुनु जरुरी छ।’
सोही क्रममा उनीहरुले घटनाको टुङ्गो नलागुन्जेलसम्म प्रत्येक दिन पूर्व पश्चिम राजमार्ग ३० मिनेट अवरुद्ध गर्ने र गोलबजार नगरपालिकामा धर्ना दिने संघर्ष समितिले निर्णय गरेको एकीकृत अखिल नेपाल शिक्षक संगठन सिरहा अध्यक्ष प्रमोद कुमार सिंहले जानकारी दिए । उनले आवश्यकता अनुसार आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै जाने बताए।
उनीहरुले आज पनि सिरहाको गोलबजारमा करिव २० मिनट सडक जाम गरेका थिए। शिक्षक साह आइतबार आफ्नै विद्यालयको कार्यालय भवनको तेस्रो तल्लामा पासो लागेको अवस्थामा भेटिएका थिए। साहको पोष्टमार्टम काठमाडौंस्थित टिचिङ अस्पतालमा गरिएको छ। सोही क्रममा जनता मावि गोलबजार ९ का प्रधानाध्यपक सुरेन्द्र सिंह, सरस्वती मावि तेतरिया जमहका शिक्षक विजय लामा, शिक्षक अनिरुद्र रायले विरोधमा मन्तव्य व्यक्त गरेका थिए।
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_xDkalSepbF_8aatrxflbusrg1xozpa8h09kne1h2pecscmjbjvv3blr4nqjwtjyn3nwqwks.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_34LLLFx8On_ckj31nuguyd7nanqfqaim1jbm7iolyilgaifggkiqwwmh0dcjcphpzaszwlz.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_gqXMPojHon_4dflodmkskwcn2ljhwq817dndzdbj9oedu0gavoojeeqsvuvsnbp6pqci5gu.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_TEad3cgMKV_byru9uxzt1yeog9hhudr6pwe9h6ol0v66lt4x6v8pum9v8n3cy2iytmhunnp.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_VtUalYmVE1_u2cj31few7clsnljv7xppo65ufqg9hkmhroqiyojzivnoibdyf8qv6y6sj1j.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_qVcwFy2EgY_8ohla4pxewqdvr8tg0hb41wfa6opmrt01e2cfonqe3eiym26c1elehih3exp.jpg)
इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए
![स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी](https://snowberry.prixacdn.net/media/gallery_folder/police%2520post-khotang_xpcZfKePNx_f70etkj9irdsdaybxvtiajmheklokqhnq9eyb2fcnxfntnk39iyccutqgy91_4HYrOOHHd8_9csfja1heyshdvsz0chkdjemdqxa7kuhxvspde7ohh5d9qxhnc5iewcuz0ng.jpg)
स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी
![आजकाे माैसम : काेशी सहित ४ प्रदेशमा दिउसाे हल्का वर्षा , अन्य प्रदेशमा कस्ताे छ अवस्था ?](https://snowberry.prixacdn.net/media/gallery_folder/rai_iQy1SisSFI_hf2ql3fvh028ur0gn3byhrqm16ajxaytbi97gkah9g6smxzp0zujrkijziov_vX88wDYGtO_einxl7um54wfeskfi5etyell6njfgh1bwcds4losor6pkhzpfz2hqqpyzwdl.jpg)
प्रतिक्रिया