दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं / केही दिनयता लगातार ओरालो लाग्दै आएको सेयर बजार सोमबार भने दोहोरो अंकले बढेको छ ।  गत साताको मंगलबारदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजार सोमबार २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा पुगेको छ ।


पछिल्ला चार कारोबार दिनमा ५२.४४ अंक घटेको थियो । तर, सोमबार भने बढेको सेयर बजारमा सेन्सेटिभ इण्डेक्स ३.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ प्रतिशत बढेको छ।


सोमबार २८३ स्टकको ४७ हजार २३१ पटकको कारोबारमा ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर किनबेच भएको छ।
 

प्रतिक्रिया

सम्बन्धित