को हुन् ललितपुरको महालक्ष्मी नगरपालिकामा आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत पौडेल ?

ललितपुर / ललितपुरको महालक्ष्मी नगरको प्रमुख प्रशासकीय अधिकृत पदमा प्रदिप पौडेलले पदबहाली गरेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयबाट पौडेल नगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका हुन् ।
अर्घाखाँचीमा एक वर्ष स्थानीय विकास अधिकारी रहेका पौडेलले बुढानिलकण्ठ नगरपालिकामा एक वर्ष प्रमुख प्रशासकीय अधिकृत भएका थिए ।
त्यसलगतै करिब दुई वर्ष टोखा नगरपालिका समेत प्रमुख प्रशासकीय अधिकृत रहेका पौडेलले तिलोत्तमा नगरपालिका रुपन्देहीमा समेत एक बर्ष प्रमुख प्रशासकीय भएर कार्य सम्पादन गरेका थिए ।
अधिकृतको रुपमा बस्दा त्यहाको नगरप्रमुख तथा हालको प्रतिनिधि सभा सदस्य माननीय बासुदेव घिमिरेको नेतृत्वसङ्ग कुशल प्रशासनिक क्षमता देखाई जनप्रतिनिधिसङ्ग समन्वय सहकार्य गर्दै तिलोत्तमा नगरपालिकालाई नेपालकै प्रथम स्थान हासिल गराउनमा सफल व्यवस्थापकीय भूमिका निर्वाह गरेकामा अझै पनि त्यहाका जनप्रतिनिधि, कर्मचारी लगायतले स्मरण गर्दै आएको पाइन्छ ।
पौडेलले जिम्मेवारी बहन गरेका स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले उनलाई कुशल प्रशासक तथा स्थानीय तहको विज्ञको रुपमा समेत स्मरण गर्ने गर्छन् ।
जंगली हात्तिले कुल्चेर झापामा बन चौकिदारको मृत्यु

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले…

हात्तीको आक्रमणबाट मृत्यु भएका मृतकका परिवारलाई एक लाख क्षतिपूर्ति

लमजुङमा १२ पुसदेखि ३१औँ त्रिवेणी कप प्रतियोगिता हुने, प्रथम पुरस्कार ८ लाख

बुबाको हत्या गरेको आराेपमा छाेरा पक्राउ

प्रतिक्रिया