दीपेन्द्र राई र बबिना किरातीको स्वरमा ‘रुमाल साटौँला सार्वजनिक

इटहरी / ‘रुमाल साटौँला लै–लै माया गासौँला, हाँसीखुसी रमाउँदै ए हौ जुनी काटौँला ।’

अहिलेको किशोर तथा युवापुस्तालाई आकर्षित गर्ने शब्द लोकलयमा मिसाएर इटहरीका गीत–सङ्गीत सर्जक एनबी (नरबहादुर) मगरले तयार पारेको ‘रुमाल साटौँला’ बोलको साङ्गीतिक सिर्जना सोमबार युटुबमा अपलोड गरिएको छ ।

मनोरञ्जन नेपाल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको ‘रुमाल साटौँला’ गीतमा दीपेन्द्र राई र बबिना किरातीको युगल स्वर छ भने शब्द तथा सङ्गीत एनबी मगरको रहेको छ ।

सरस्वती जब्दी मावि इटहरी–१६ का शिक्षकसमेत रहेका एनबी मगरले यो गीतको एमपी–थ्री तथा भिडियो निर्माण आफ्नै खर्चमा गरेका हुन् । जिडिटल साङ्गीतिक बजार युटुबमा राखिएको उनको यो पहिलो साङ्गीतिक सिर्जना हो ।

गीतको भिडियोमा प्रियन मगर, सुमिना लिम्बु, प्रदिप कोइराला, अस्मी थेगिम लिम्बु, अभिषेक लिम्बु, सुविक्षा थापा मगरलगायत कलाकारको अभिनय तथा नृत्य प्रस्तुत गरिएको छ । पटकथा एवम् निर्देशन लेखक स्वयमको रहेको छ ।

पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतका एरेन्जर कुन्दन राई तथा क्यामेरा–पर्सन रिकेश बज्राचार्य रहेका छन् । नयाँ वृन्दावन गौशाला तथा इटहरीको सेरोफेरोमा छायाङ्कन गरिएको गीतको भिडियो निर्माणमा बज क्रिएसनले सहजीकरण गरेको छ ।

https://www.youtube.com/watch?v=FIhQZw2Wvqs&t=7s

प्रतिक्रिया

सम्बन्धित