थामिएन सेयर बजारको ओरालो यात्रा, ८१ करोडको कारोबार

काठमाडौं / सेयर बजारको ओरालो यात्रा बुधबार पनि जारी रह्यो । ५.८३ अंकले नेप्से परिसूचक घटेर १८५८ अंकमा झरेको छ । कारोबार रकम भने मंगलबारको तुलनामा बुधबार बढेको छ । मंगलबार ५७ करोड १४ लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएकोमा बुधबार ८१ करोड २० लाख रुपैयाँ बराबरको भएको छ । ६८ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ८ को स्थिर रह्यो ।

सबैजसो उपसमूहका सूचक घटेका छन् । बैंकिङ ०.२४, विकास बैंक १३.८०, फाइनान्स ६, होटल तथा पर्यटन ४७, जलविद्युत् ९, जीवन बीमा ३८, उत्पादन ४८, माइक्रोफाइनान्स २४, निर्जीवन बीमा ३५, अन्य ३ र व्यापार उपसमूह १४ अंक घटे । सयपत्री हाइड्रोपारको मूल्य ९.३ प्रतिशत बढ्यो । हिमालयन लघुवित्तको ८.५, रावा इनर्जीको ७.५ तथा घलेम्दी हाइड्रोको ३.७ प्रतिशत मूल्य बढ्यो ।  

धेरै मूल्य घट्नेमा सोनापुर सिमेन्ट नै रह्यो । अघिल्लो दिनसम्म १० प्रतिशत मूल्य घटेको यस कम्पनीको बुधबार भने ७.९९ प्रतिशत घटेर २३४ रुपैयाँ ८० पैसामा कायम भएको छ । सीवाईसी लघुवित्तको ५.५ तथा स्वेतगंगा हाइड्रोको ४ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, आशा लघुवित्त संस्थापक, हाथवे इन्भेस्टमेन्ट, सिटिजन लाइफ र हिमालय डिस्टिलरी क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

सम्बन्धित