टेंग्रा खाेला अतिक्रमण गरेर बनाइएकाे राष्ट्रिय भुतपुर्व सैनिक क्लबकाे भवन भत्काइयाे

इटहरी /  सुनसरिको इटहरीस्थित टेङ्ग्रा खोला अतिक्रमण गरेर बनाइएको राष्ट्रिय भूतपूर्व सैनिक क्लबको भवन अन्ततः भत्काइएको छ । वडा नं ६ का वडाध्यक्ष दिवश पोख्रेलको सकृियता पछि सो भवन भत्काउने सहमति स्वरूप मङ्गलवार क्लबका प्रतिनिधि ,उपमहानगरका प्राविधिक, जनप्रतिनिधि तथा स्थानीयहरूको उपस्थितिमा सो भवन भत्काइएको हो ।

अतिक्रमण गरिएको खोलाको जग्गा नाप जाँच गरी भवन भत्काइने सहमति स्वरूप मङ्गलवार भत्काइएको इटहरी ६ का वडाध्यक्ष दिवश पोख्रेलले बताए । खोला तथा पैनी अतिक्रमण गरी बनाइएको संरचना हटाउने अभियान चलिरहेको बेला वडा नं ६ ले यसलाई सार्थकता प्रदान गर्दै अभियानलाई निरन्तरता दिएको बत्ताइएको छ ।

लामो समय देखि इटहरीको टेंग्रेा खोला किनारमा अवस्थित राष्ट्रिय भूतपूर्व सैनिक क्लब भवनबारे वडामा चर्चा चल्दै आएको थियाे। उपमहानगरको नाप जाँच टोली , इन्जिनियर ,प्राविधिक तथा जनप्रतिनिधि र सोही क्लबका प्रतिनिधिहरू बसेर लामो समय चलेको छलफल पछि भवन भत्काउने सहमति भएको हाे ।उनले यस अभियानलाई साथ सहयोग गर्न समस्त नगरवासिहरूलाइ अनुरोध पनि गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित