काठमाडौं र पाल्पाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं / काठमाडौं र पाल्पाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२९ मैतिदेवीस्थित गजित बिष्टको डान्स फिवरमा जुवातास खेलिरहेको अवस्थामा भोजपुर पात्लेपानी घर भएका ४५ वर्षीय गणेश विष्ट समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय २० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
पाल्पाकाे तानसेन नगरपालिका-२ बडीज्ञान टोल बस्ने सुन्दर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय सुधिरमान घेंकेजु समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ४ सय २५ रूपैयाँ र ३ सय २५ पत्ती ताससहित पक्राउ गरेको हो ।
जंगली हात्तिले कुल्चेर झापामा बन चौकिदारको मृत्यु

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले…

हात्तीको आक्रमणबाट मृत्यु भएका मृतकका परिवारलाई एक लाख क्षतिपूर्ति

लमजुङमा १२ पुसदेखि ३१औँ त्रिवेणी कप प्रतियोगिता हुने, प्रथम पुरस्कार ८ लाख

बुबाको हत्या गरेको आराेपमा छाेरा पक्राउ

प्रतिक्रिया