कंगना अभिनित तेजसले पहिलो दिन ५० लाख मात्रै कमायो

मुम्बई । कंगना रनावतको फिल्म तेजसलाई लिएर अहिले चर्चा परिचर्चा चलिरहेको छ । कंगनाको ‘तेजस’ सिनेमाघरमा रिलिज भइसकेको छ र फ्यानहरु निकै उत्साहित भएका थिए तर त्याे उत्साह लामाे समय टिक्ने देखिएकाे छैन ।
तेजसमा कंगना वायुसेना पाइलटको भूमिकामा देखिएकी छिन् । यो फिल्मबाट जति अपेक्षा थियो, त्यो भने खेर गएको मिडिया रिर्पोट आएका छन । यो फिल्मलाई दर्शकसँगै समीक्षकले पनि त्यति नरुचाएको देखिएको छ ।
यसैबिचमा, फिल्मको पहिलो दिनको कलेक्शन सार्वजनिक भएको छ, जसलाई हेर्दा यसको अवस्था निकै नाजुक रहेको भन्न सकिन्छ ।
कंगना रनौतका यस अघिका धेरै फिल्म फ्लप भएका कारण मानिसहरूले तेजसबाट अपेक्षा गरेका थिए। फिल्मको ट्रेलरलाई धेरै मन पराइएको थियो तर वास्तविकतामा यो फिल्मलाई दर्शकले त्यति मन पराएनन । जसका कारण कंगनाको तेजसको कमाई करोडमा पनि छैन ।
पहिलो दिन कंगना रनौतको तेजस हेर्न निकै कम मानिस गएका थिए । सैकनिल्कको रिपोर्ट अनुसार तेजसले पहिलो दिन मात्र ५० लाखको व्यापार गरेको छ, जुन साच्चै नै निकै कम हो ।
यदि तेजसको अवस्था यस्तै रह्यो भने यो फिल्म सप्ताहन्तपछि नै हलबाट हटाउन फिल्म सञ्चालकहरु बाध्य हुनेछन् । तर, सप्ताहन्तमा फिल्मको कमाई बढ्ने अनुमान भने नगरिएको होइन् ।
तेजसको कुरा गर्ने हो भने यसलाई सर्वेश मारवाहले निर्देशन गरेका हुन् । फिल्ममा कंगनासँगै अंशुल चौहान, वरुण मित्रा, आशिष विद्यार्थी र विशाख नायरको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

एआईबाट नक्कली भिडियो बनाएपछि अभिनेत्री अदितीको गुनासो– मेरो चरित्र हत्या गर्न…
_Paao74k0Kf_lvd3myuwkokzoowjmuf5c3ffqq9j4dlwemmarmtab9i73i8qzggvas8izl4n_epapAFCW11_a3vcfhkdsfywono5v2gfyddgc22ddxrf84t6d8k5sjifiezaedmyi1u7ezkn.jpeg)
‘चित्रा’को तीन पोस्टर सार्वजनिक

'भगवान् दादा' बनेका अर्पण थापा

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

'पैसाले कलाकार बन्न सकिन्न, क्षमता भएरै आएको हुँ- सन्तोष अधिकारी

प्रतिक्रिया