दशैको बेला इटहरीमा चोरी बढेपछि प्रहरीले बढायो सकृियता : पक्राउ परेका नौ जना सार्वजनिक

इटहरी । दसैँको बेला इटहरी उपमहानगर क्षेत्रमा चोरीका घटना अत्यधिक बढेपछि इलाका प्रहरी कार्यालय इटहरीले सकृियता देखाएको छ । सोही क्रममा चोरीमा संलग्न नौ जनालाई पक्राउ गरी हालै सार्वजनिक गरेको छ । यसरी पक्राउ पर्नेमा इटहरी ५ का राजेश सिंह ,इटहरी ४ का आकाश भुजेल इटहरी १४ का जब्दि सरदार,झापा चन्द्रगढी १० का विक्रम क्षेत्री ,मोरङ बेलबारी ८ का सुरेश तामाङ ,सुनसरी इनरुवा ९ का मोहम्मद जाकिर अन्सारी,दुहबी १ का मोहम्मद जाकिर अन्सारी र दुहबी १ कै मोहम्मद मिया रहेका छन् ।

पक्राउ परेका नौ जना विरुद्ध चोरी अपराध विरुद्ध मुद्दा चलाइएको इटहरी प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूले घरेलु सामग्री देखि साइकल , माेवाइल र पैसासम्म चोरी गरेको प्रहरीले जनाएको छ । इटहरी प्रहरीमा नयाँ डिएसपी टेक बहादुर कार्कीले नेतृत्व सम्हाले संगै चोरी ,लागु औषध नियन्त्रण तथा अपराधिक गतिविधिहरू निर्मूल पार्ने प्रयासमा चाडपर्व लक्षित सुरक्षा योजना बनाइ काम गर्न थालिएको छ ।

यसै क्रममा इटहरी उपमहानगरको मातहत रहेका सबै प्रहरी कार्यालयका अधिकृतहरूलाई रात्रि गस्ती बढाउन ,सहरका मुख्य स्थानहरूमा निगरानी बढाउन निर्देशन दिई सकेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित