दसैँमा अशक्त मजदुरलाई सहयोग

धरान / नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सञ्चालन गरेको कार्मथलो अभियान अन्तर्गत अशक्त मजदुर पूण्यप्रसाद प्याकुरेल र सोम राईलाई सहयोग प्रदान गरिएको छ । ह्याप्पी नेपाल म्यानपावर कम्पनीका धरान शाखा प्रमुख दीपक दुमी राई र कम्पनीका कोअर्डिनेटर हेमा राईले सडक दुर्घटनामापरि थलिएका पुण्यप्रसाद प्याकुरेललाई पाँच हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री तथा सडक दुर्घटनामापरि अशक्त बनेका चालक सोम राईको उपचारका लागि नगद ६ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।

सङ्गठनका अध्यक्ष भीम ज्वाला राई, जि फन्ट धरानका अध्यक्ष शमशेर बर्देवा, संगठन धरान अध्यक्ष कमल भट्टराई र सञ्चारकर्मी विकास चाम्लिङको उपस्थितिमा कम्पनीका शाखा प्रमुख दीपक दुमी राई र कोअर्डिनेटर हेमा राईले पुण्यप्रसाद प्याकुरेलको धरान १५ स्थित निवास र सोम राईको निवासमै पुगेर सामग्री र नगद हस्तान्तरण गरिएको थियो । कार्यथलोमै पुगेर मजदुरहरूलाई सहयोग गर्ने संगठनको अभियान र मजदुरहरूको अवस्थाको बारेमा सङ्गठनका अध्यक्ष भीम ज्वाला राईले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित