धरानमा आपराधिक घटनामा कमी गर्नु “रात्रि गस्ती “ चलायमान

धरान / धरान क्षेत्रमा प्रहरीले रात्रीकालिन गस्तीलाई सक्रिय पारेको छ । धरानको बस्तीमा सुरक्षा गर्न ‘नागरिक सुरक्षा टोली’ परिचालन गरी आपराधिक घटनामा कमी गर्ने उद्देश्यका साथ रात्रीकालिन गस्तीलाई सक्रिय पारिरहेको धरानका डिएसपी नवराज मल्लले बताएका छन् । धरान उपमहानगरपालिका वडा नं. ५ स्थित देउराली बस्तीमा सुरक्षा गर्नकालागी ‘नागरिक सुरक्षा टोली’ परिचालन गरिएको हाे ।
धरान१५ ,१७, १४ लगायत अन्य सबै वडामा गस्तीका लागी प्रहरी खटेका छन्। कोसी प्रदेशकै सबैभन्दा ठुलो र धेरै अव्यवस्थित बसोबास रहेको देउरालीमा विभिन्न आपराधिक घटना रोक्न तथा चाडबाडका बेला चोरी डकैती रोक्नकालागी नागरिक सुरक्षा टोली परिचालन गरिएको हो । देउरालीका प्रत्येक घरबाट एक जनाका दरले बेलुकी ८ बजेदेखि रातभर सुरक्षा टोली खटिइरहेको छ ।
विगत एक महिनादेखि सुरु गरिएको सुरक्षा गस्तीलाई व्यवस्थित गर्न टोल विकास संस्थाहरूलाई जिम्मेवारी दिइएको धरान उपमहानगरपालिका ५ नं. वडाका वडाध्यक्ष मनप्रसाद लिम्बूले बताए । उनका अनुसार ५ नं. वडाका विभिन्न संघ संस्था, अस्थायी प्रहरी चौकी देउराली र वडा कार्यालयको समन्वयमा गस्ती टोली परिचालन गरिएको हो । ३ वटा टोल विकास संस्थाबाट सुरु गरिएको रात्रिकालीन नागरिक सुरक्षा गस्तीलाई अहिले विस्तार गरिएको छ ।
वडा सदस्य विजय राईका अनुसार सामुदायिक टोल विकास संस्था तल्लो देउराली, समानता टोल विकास संस्था फोक्लेन टापु, नमुना टोल विकास संस्था तल्लो देउराली, खैरेनी टोल विकास संस्था खैरेनी, त्रिवेणी टोल विकास संस्था देउराली चोक, पञ्चमुखी टोल विकास संस्था बगरकोट वारी र चेतना टोल विकास संस्था झोरापाटाले रात्रिकालीन गस्ती गरिरहेका छन् ।

जंगली हात्तीको आक्रमणबाट इटहरीमा एक युवकको मृत्यु

धरानमा अधिकृत हॅु भन्दै पसलमा हैरानी लगाउने युवा पक्राउ, ७ दिन म्याद थप

इटहरीमा ३० नगर प्रहरी थपिए

धरानमा दिउसै खुकुरी हानाहान,महिला र बालक सहित ४ व्यक्ति पक्राउ

दसैँमा अशक्त मजदुरलाई सहयोग

इटहरीमा शुक्रवार सार्वजनिक बिदा
इटहरीका विद्यालय वरपर सुर्तीजन्य पदार्थ बेचबिखानमा रोक, उपमहानगरले गर्यो ठुल…

प्रतिक्रिया