केटाकेटीमा जनचेतना कमी हुदॅा लाग्यो धरानमा आगो (तस्विरहरू सहित)

धरान / धरान-६ पानवारीमा दिउँसो आगलागी भएको छ । फणीन्द्र भट्टराईको घरमा केटाकेटीले लाईटर खेलाउँदा पराल सहित काठको घर जलेर नष्ट भएको छ। वडाध्यक्ष भूपेन्द्र भट्टराईका अनुसार अनुमानित १० लाख बढीको क्षति भएको छ । पूर्ण विवरण आउन बॅाकी रहेको छ । काठका समान ढोका र झ्यालका चौकस लगायतका खम्बा बिम ध्वस्त भयो जानकारी प्राप्त भएको छ।

हाल वारुण यन्त्र, नेपाल प्रहरी र नगर प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरी रहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित